काठमाडौँ १ मंसिर। सर्वोच्च अदालतले गोलाप्रथाद्वारा मुद्दा सुनुवाइ गर्नेसम्बन्धी कार्यविधिको मस्यौदा तयार पारेको जनाएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको एउटा एजेन्डा बनेको गोलाप्रथाको मस्यौदा तयार भएको भन्दै जबराले फुलकोर्ट बैठक डाकेर पारित गर्ने तयारी थालेका छन् ।सर्बाेच्च अदालतमा झोलाको न्याय गोलामा फर्काउने सहमति भएको जनाएको छ ।
न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको एउटा समितिको सिफारिसअनुसार तयार पारिएको कार्यविधिलाई ‘गोलाप्रथाद्वारा पेसी व्यवस्थापन कार्यविधि मस्यौदा–२०७८ नाम दिइएको छ ।गोलासम्बन्धी कार्यविधिको मस्यौदाको परिच्छेद ५ मा गोला तान्नेसम्बन्धी विधि उल्लेख गरिएको छ । गोला तान्ने प्रयोजनका लागि समान रूप, रंग, आकार र बनोटका गोटी प्रयोग गरिने उल्लेख छ
यस्तो गोटीलाई अपारदर्शी थैलीमा राख्ने र वरिष्ठताका आधारमा सबै न्यायाधीशले थैलीबाट एकएकवटा गोटी तान्नुपर्नेछ । जुन गोटीको निगरानी सीसीटिभीले गर्ने कार्यविधि मस्यौदामा उल्लेख छ ।यस्तो गोटीलाई पेसी व्यवस्थापनमा खटिएका कर्मचारी र सूचना प्राविधिकले सम्बन्धित न्यायाधीशको इजलासमा र संयुक्त इजलास गठन हुने गरी प्राथमिकता निर्धारण गर्नेछन् ।








प्रतिक्रिया