अर्थ-वाणिज्य

पशुपति दयाल सहित ४ हजार नेता कार्यकर्ता एमालेमा समाहित



काठमाडौं २ मंसिर । जिल्ला विकास समितिका पूर्वसभापति पशुपति दयाल मिश्रासहित ४ हजार नेता कार्यकर्ता एमालेमा समाहित हुनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा आज चर्चित एवं प्रभावशाली नेता मिश्रासहित अब्दूल करिम खा र गिरिजा पाठकको नेतृत्वमा ३ हजार  ९ सय ९९ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको हो ।मिश्रासहितका नेताहरुलाई अध्यक्ष ओलीसहित एमाले लुम्बिनी प्रदेशका इञ्चार्ज शंकर पोखरेल र अन्य नेताहरुले एमालेमा स्वागत गर्नुभयो ।                 एमाले प्रवेशपछि बोल्दै नेता मिश्राले एमालेले मात्रै मुलुकको हित गर्ने तथ्य प्रमाणित भइसकेको कारण आफूहरु सामुहिक रुपमा एमालेमा समाहित भएको बताउनु भयो ।

उहाँले राष्ट्रिय स्वाभिमान र मुलुकको समृद्धिको लागि अडान लिन सक्ने नेता केपी शर्मा ओलीबाट मात्रै मधेशी तथा मुस्लिम समुदायको संरक्षणसम्भव भएकोले आफुहरुले नेकपा एमाले रोजेको घोषणा गर्नुभयो । बाँकेमा अव एमाले पहिलो नम्वरको पार्टीको रुपमा स्थापित भएको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा जिल्लाका सबै स्थानीय तह, प्रदेश र केन्द्रीय निर्वाचन क्षेत्रमा एमालेले जित हासिल गर्ने बताउनु भयो ।                          कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष ओलीसहित स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेश इन्चार्ज शंकर पोखरेरल, केन्द्रीय सदस्यहरु लगायतका नेताहरुले संबाृधन गर्नुभएको थियो । सम्बोधनको क्रममा अध्यक्ष ओलीले बाँके अव एमालेको किल्लामा परिणत भएको बताउनु भयो ।

प्रकाशित : २ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६