अर्थ-वाणिज्य

आसन्न दशौँ महाधिवेशनकालागि कैलाली जिल्लामा भएको प्रतिनिधि चयनमा रावलको बिरोध



काठमाडौं २ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले आसन्न दशौँ महाधिवेशनका लागि कैलाली जिल्लामा भएको प्रतिनिधि चयनको विरोध गरेका छन्। दश बुँदे सहमति र त्यसपछिको अन्तरपार्टी निर्देशन विपरीत प्रतिनिधि चयन भएको रावलको जिकिर छ। विधि र पद्दति विपरीत भएको प्रतिनिधि चयन सच्याउन पनि उनले माग गरेका छन्। 

बुधबार विज्ञप्ति जारी गर्दै रावलले प्रतिनिधि चयन विधिसम्मत रुपमा नभएको भन्दै आफूले अध्यक्ष र संगठन विभाग प्रमुखको ध्यानाकर्षण गराए पनि अनियमित कार्य नरोकिएको बताएका छन्। विधि विपरीत चयन भएका स्थानमा पुनः प्रतिनिधि चयनको माग पनि रावलले गरेका छन्। 

दश बुँदे सहमति, अन्तरपार्टी निर्देशन विपरीत पार्टी सदस्यता वितरण, नवीकरण तथा प्रतिनिधि चयनमा पद्दति विपरीत क्रियाकलाप भएको रावलको आरोप छ। आफूले पार्टी बैठक, संगठन विभाग प्रमुख लगायतलाई यसबारेमा ध्यानाकर्षण गराए पनि नरोकिएको रावलले विज्ञप्तिमा जनाएका छन्। 

कैलालीको लम्कीचुहा तथा धनगढीमा भएको प्रतिनिधि चयन सच्याउन रावलले माग गरेका छन्। सहमति बिना बलज्फती रुपमा प्रतिनिधि चयन भएको पनि रावलको विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित : २ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६