कपिलवस्तु २ मंसिर । नेकपा एकिकृत समाजवादीकोले बाणगंगा नगरको अधिबेशनको मिति तोक्दै सबै वडामा इन्चार्ज तोकेको छ। तोकिएका इन्चार्जमा प्राय सबै विगतमा यूवा र बिधार्थी पृष्ठभूमीमा रहेका नेता कार्यकर्ता हुन् । तर यतिबेला उनीहरु समाजवादीको जिल्ला सदस्यका रुपमा रहेकाले वडा इन्चार्ज बनेका हुन् । नेकपा (एस) कपिलवस्तुका जिल्ला उपाध्यक्ष तथा क्षेत्रिय इन्चार्ज नेत्रलाल खनालको उपस्थितिमा बुधबार बसेको बैठकले नगरका ११ वटै वडामा इन्चार्ज तोकेको हो ।नगरबाट प्रतिनिधित्व गर्ने पार्टीका जिल्ला सदस्यहरुबाट सबै वडामा प्रथम अधिवेशन सम्पन्न गर्ने गरी वडा इन्चार्ज तोकिएको नगर इन्चार्ज कमल भट्टराईले जानकारी दिनुभयो ।
नगर इन्चार्ज भट्टराईका अनुसार वडा नं १ को इन्चार्जमा सुशील पौडेल, वडा नं २ को इन्चार्जमा गोपाल भट्टराई, वडा नं ३ को इन्चार्जमा अशिम क्षेत्री, वडा नं ४ को इन्चार्जमा चन्द्रकान्त न्यौपाने, वडा नं ५ को इन्चार्जमा चन्द्र गुरुङ, वडा नं ६ को इन्चार्जमा सन्तोष राणा, वडा नं ७ को इन्चार्जमा इश्वर न्यौपानेलाई जिम्मेवारी प्रदान गरिएको छ ।यस्तै वडा नं ८ को इन्चार्जमा अजय पाण्डे, वडा नं ९ को इन्चार्जमा दिपक अनुरागी, वडा नं १० को इन्चार्जमा हरि गैरे र वडा नं ११ को इन्चार्जमा विनोद भट्टराईलाई वडा इन्चार्ज तोकिएको नगर इन्चार्ज भट्टराईले बताउनुभयो ।
यस्तै आउँदो मंसीर ७ गते मंगलबार वाणगंगा नगर कमिटीको प्रथम अधिवेशन गर्ने गरी तयारी गरिएको नगर अध्यक्ष दिपक पन्थीले जानकारी दिनुभयो । बैरियास्थित मायादेवी रिर्सोटमा गरिने प्रथम नगर अधिवेशनले नगरको जुझारु नेतृत्व आउने उहाँले बताउनुभयो ।पार्टीमा युवा पुस्ताको आकर्षण बढेको भन्दै बैज्ञानिक समाजवादको यात्रा धैरे पर नभएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया