प्रदेश

अधिवेशन गर्ने विषयमा सर्लाहीमा देउवा पक्ष र पौडेल पक्षका कार्यकर्ताबीच झडप ।



सर्लाही, ०२ मंसिर ।  पार्टीको अधिवेशन गर्ने विषयमा सर्लाहीमा नेपाली कांग्रेसको दुई पक्षका कार्यकर्ताबीच झडप भएको छ । आज बिहीवारका लागि तय भएको वडा अधिवेशनमा निर्वाचन अधिकृत खटाउने विषयमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका कार्यकर्ता र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कार्यकर्ताबीच पार्टी कार्यालय मलङ्गवामा झडप  भएको हो । पौडेल पक्षका कार्यकर्ताले निर्वाचन अधिकृत दिवाकरराज पाण्डेसहित जिल्लाका केही नेता तथा कार्यकर्तामाथि हातपात गरेका छन् । 

दुई पक्षीय छलफल भइरहेका बेला पौडेल पक्षले जिल्ला पार्टी कार्यालय घेरा हालेर निर्वाचन अधिकृत पाण्डेलाई हातपात गरेका केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो । सर्लाही क्षेत्र नम्बर ४ का सङ्घीय संसद अमरेशकुमार सिंह समर्थित कार्यकर्ताले  निर्वाचन अधिकृतमाथि हातपात गरेको बताइएको छ । कांग्रेसका दुई पक्षीय कार्यकर्ताबीच थप झडप हुने देखेपछि जिल्लाको सुरक्षा व्यवस्था कडा बनाएको प्रहरी नायब उपरीक्षक डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । आज सर्लाहीभरका २० पालिकाको दुई सय वडामा चुनाव गर्ने पूर्वसहमति भएको थियो । सर्लाहीमा आजका लागि तय भएको वडा अधिवेशन दुई पक्षीय  विवादका कारण अन्योल भएको छ । 

यसअघि अधिवेशन गर्न खटिनुभएका निर्वाचन अधिकृत विनोद कार्कीले दुई पक्षको विवादका कारण राजीनामा दिनुभएपछि त्यसको दुई दिनपछि केन्द्रले दिवाकरराज पाण्डेलाई निर्वाचन अधिकृत खटाएको थियो । सर्लाहीमा सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्षधरका कार्यकर्ताबीच क्रियाशील सदस्यता वितरणदेखिकै विवाद रहँदै आएको छ । 

प्रकाशित : २ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६