प्रदेश

प्रधानन्यायाधीश जबराले गोला लिन पाउनुहुन्नः बार अध्यक्ष श्रेष्ठ



काठमाडौं, २ मंसिर। नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले गोला प्रथाबाट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अधिकार कटौती हुने बताएका छन् ।राजालाई हटाउनुअघि पनि अधिकार कटौती गरिएको स्मरण गर्दै उनले राजीनामा दिनुपर्ने जबराको पनि अधिकार गोलाप्रथाले कटौती हुने बताए । प्रधानन्यायाधीश जबरा बाहेकका न्यायाधीशहरुको बैठक बसेर गोलाप्रथाको कार्यविधि पास गर्नुका साथै सर्वोच्च अदालतको नियमावली संशोधन गरेको छ । यो राजपत्रमा प्रकाशित भएपछि सर्वोच्च अदालतको पेशी व्यवस्थापनमा गोला प्रथा लागू हुनेछ ।

गोलाप्रथा लागू भएपछि प्रधानन्यायाधीशको आफूखुसी गर्न नपाउने भन्दै बार अध्यक्ष श्रेष्ठ भन्छन्, ‘गोला प्रणाली हाम्रो पनि माग हो । प्रधानन्यायाधीशले गोला लिन पाउनुहुन्न ।’ गोला प्रणाली लागू भएपछि बहसमा जानु हुन्छ कि हुन्न भन्ने प्रश्नमा श्रेष्ठले भने, ‘हामीले जे उद्देश्यले लिएर आन्दोलन गरेका छौं, त्यसमा तलमाथि पर्ने अवस्था भयो भने मान्दैनौं भनेका छौं ।’

प्रकाशित : २ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६