अर्थ-वाणिज्य

क्याबिनमा लुकाइएको १ सय ८० किलो गाँजा बरामद



काठमाण्डौ, २ मंसिर । सुनसरी प्रहरीले सीमावर्ती क्षेत्रबाट एक सय ८० किलो तयारी अवस्थाको गाँजा बरामद गरेको छ ।  ट्र्याक्टरको ढालामा पाता थपेर बनाइएको क्याबिनमा लुकाइएको एक सय ८० किलो गाँजा प्रहरीले देवानगञ्जबाट बरामद गरेको हो । पराल लिन सीमापारि जानुपर्ने भन्दै मोटरसाइकल चालकले अनुमति माग्दै गर्दा प्रहरीले शङ्का मानी खाली ट्र्याक्टरको जाँच गरेको थियो । जाँचका क्रममा ट्रली भित्र थप क्याबिन बनाएर लुकाएर राखिएको ठूलो परिमाणमा गाँजा प्रहरीले बरामद गरेको हो ।

प्रहरीले गाँजासहित ट्र्याक्टर सीमापारि कटाउन सहयोगीको भूमिका खेल्ने सन्तोषकुमार मेहतालाई समेत पक्राउ छ । मेहता स्थानीय विद्यालयका शिक्षक रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । सुनसरी प्रहरीले बरामद गाँजासहित पक्राउ परेका मेहतालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा प्रहरी प्रमुख सञ्जय सिंह थापाले बरामद गाँजा तस्करीको तरिका बिलकुलै नौलो पाइएको बताउनुभयो । उहाँले लामो समयदेखि गाँजा तथा लागुऔषध कारोबार भइरहेको हुन सक्ने देखिएकाले अनुसन्धान त्यसतर्फ केन्द्रित गरिएको बताए । 

प्रकाशित : २ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६