अर्थ-वाणिज्य

कानुन व्यवसायीमाथि बल प्रयोगमा सर्वोच्च अदालतका १८ न्यायाधीशको विरोध



काठमाडौं २ मंसिर । सर्वोच्च अदालत परिसरभित्र प्रहरीबाट कानुन व्यवसायीमाथि बल प्रयोग भएको छ । सो बल प्रयोगको सर्वोच्च अदालतका १८ न्यायाधीशहरुले विरोध गरेका छन् । बिहीबार सर्वोच्च अदालतको मूल गेटमा कानुन व्यवसायीहरुले धर्ना दिएका थिए । सो क्रममा प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहितका कानुन व्यवसायी घाइते भए 

बल प्रयोग नगर :  आयोग

राष्ट्रिय मानव अधिकार आयोगले नेपाल बार एशोसिएसनको अगुवाइमा भइरहेको आन्दोलनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै भइरहेको आन्दोलनका क्रममा आज (बिहीवार) प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका केही व्यक्ति घाइते भएका छन् ।

आजको प्रदर्शन अवलोकन गरेको मानव अधिकार आयोगले विना हातहतियार शान्तिपूर्वक भेला हुने तथा स्वतन्त्र रूपमा विचार तथा अभिव्यक्ति राख्न पाउने हकको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।कानुन व्यवसायीहरूबाट गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट अनावश्यक बल प्रयोग गरी घाइते बनाइनु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन विपरीतको कार्य भएको आयोगले भनेको छ ।

यस्तै शान्तिपूर्ण आन्दोलनमा रहेका कानुन व्यवसायीहरूमाथि अनावश्यक बल प्रयोग नगर्न, घाइतेहरूको निःशुल्क उपचार गर्न तथा घटनाको छानबिन गरी दोषी देखिएकालाई कानुनी कारबाहीको दायरामा ल्याउन आयोगले नेपाल सरकारसँग आग्रह पनि गरेको छ ।

प्रकाशित : ३ मंसिर २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६