अर्थ-वाणिज्य

एमाले महाधिवेशन उद्घाटनको २० ठाउँमा डिस्प्लेमार्फत प्रदर्शन



चितवन, २ मंसिर । नेकपा एमालेको आसन्न १० औं महाधिवेशनको उद्घाटनका लागि मञ्च व्यवस्थापनको काम शुरु भएको छ । यसका लागि नारायणी नदी किनारमा धमाधम काम भइरहेको छ ।एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार कार्यक्रम स्थलमा नक्साङ्कन गरिएको छ । एक सय जना अतिथि रहने गरी आकर्षक मञ्च निर्माण गरिने जनाइएको छ ।

केन्द्रीय सदस्य श्रेष्ठले भने, ‘१६ फिट अग्लो मञ्च निर्माण गर्दैछौं ।’ निर्माण गर्न लागिएको मञ्च चार खण्डमा हुनेछ । माथिल्लो तहमा अतिथि र स्थायी कमिटी सदस्य, दोस्रो खण्डमा सांस्कृतिक कार्यक्रम, तेस्रो खण्ड केन्द्रीय सदस्य र चौथो खण्डमा पोडियम रहने उनले जानकारी दिए ।उनका अनुसार ७२ कलाकारले एकै पटक प्रस्तुति दिनसक्ने गरी मञ्च निर्माण गरिने छ ।

त्यो मञ्च आठ फिट अग्लो, ३० फिट लामो र ४० फिट फराकिलो हुनेछ । उनले भने, ‘नारायणी नदीको पुलबाट र गैंडाकोट तर्फको नदी किनारबाट समेत हेर्न मिल्ने गरी मञ्चको ढाँचा गरेका छौं ।’ उद्घाटन सत्रमा कार्यक्रमस्थल सहित विभिन्न ठाउँमा गरी २० ठाउँमा डिस्प्लेमार्फत प्रदर्शन गर्ने योजना रहेको जनाइएको छ ।

एमालेले १० औं महाधिवेशनमा पाँच लाख मानिस सहभागी गराउने जनाउँदै आएको छ । नागरिकले सहभागिताअनुसार सहजै उद्घाटन कार्यक्रम हेर्न सक्नेछन् । केन्द्रीय सदस्य श्रेष्ठले भने, ‘बगरमाथि पनि भव्य मञ्च बनाउन सकिने सन्देश दिनेछौं ।’ अहिले कार्यक्रमस्थलमा भएका खाल्डाखुल्डी पुर्ने र व्यवस्थापनको काम भइरहेको छ ।

मञ्च व्यवस्थापनका लागि पाँच सय स्वयंसेवक परिचालन गरिने छ । नदी किनारलाई आकर्षक बनाएर १० गते बिहान मूल आयोजक समितिलाई हस्तान्तरण गर्ने गरी काम भइरहेको उनले बताए । आउँदा दिनमा यो क्षेत्रमा ठूला कार्यक्रम गर्न मिल्ने गरी किनारलाई व्यवस्थित गरिने उनले जानकारी दिए ।

मञ्च व्यवस्थापनका क्रममा ठाउँ–ठाउँमा सेल्फी प्वाइन्ट बनाइने छ । एमालेको महाधिवेशन यही मंसिर १० गते देखि १२ गतेसम्म यहाँ हुँदैछ । नारायणी नदी किनारमा उद्घाटन र सौरहामा बन्द सत्रको कार्यक्रम छ । बन्द सत्रमा झण्डै दुई हजार प्रतिनिधि सहभागी हुँदैछन् ।

प्रकाशित : ३ मंसिर २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६