दाङ ३ मंसिर । उच्च अदालत तुलसीपुर काममा माननीय मुख्य न्यायाधीश नीता गौतम दीक्षितले राष्ट्रसेवक कर्मचारीहरुले आफु कार्यरत क्षेत्रलाइ आफ्नो घर सम्झेर इमान्दारी र आनन्दर्पुवक कार्यसम्पादन गर्नुपर्ने बताएकी छिन् । अफिसर्स क्लव तुलसीपुरले बुधबार आयोजना गरेको नव आगन्तुक कार्यालयका प्रमुखहरुलाई स्वागत तथा विदाई कार्यक्रममा बोल्नुहुदै उनले कार्यक्षेत्रलाइ होम अवे फ्रम होम बनाउन सकेमा आफ्नो काममा दत्तचीत हुन सकीने बताईन् ।
सरुवा कर्मचारीको परीचय भएकाले यस्लाइ स्वभाविक रुपमा लिनुपर्ने बताइन् । मुख्य न्यायधिश गौतमले क्लवले स्वागत तथा विदाई र अन्य कार्यक्रम गरेर राष्टसेवककालागि चौतारीको रुपमा काम गरेकाले एक आपसमा आत्मियता समेत बृद्दि गरेको उनको भनाई छ । क्लवको मुख्य संरक्षकका नाताले क्लवले आगामी दिनमा अन्य सिर्जनात्मक भूमिका निर्वाह गर्ने कुरामा आफु आशावादी रहेको समेत बताईन् । सोही कार्यक्रममा बोल्दै क्लवका संरक्षक तथा उच्च अदालतका न्यायाधीशहरु नसरुलाह अंसारी, रमेशराज पोखरेल, माधवेन्द्रराज रेग्मीले सिर्जनात्मक र उर्जासिल यथोचित उपयोग गदै जाने अवसरका रुपमा यस क्लवलाई लिने बताएका थिए ।
क्लबका मुख्य संरक्षक तथा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले दाङ जिल्ला भौगोलिक हिसाबले ठुलो भएकाले तुलसीपुरमा यस क्लवको महत्व बढी रहेको बताए । उनले राष्ट्रसेवक सेवक कर्मचारीहरुको मुख्य काम नागरिकहरुलाई छिटो छरितो उत्कृष्ट सेवा प्रवाह गर्नु रहेको बताउँदै थोरै बचेको समयमा सिर्जनसिल काममा लागे व्यक्तित्व विकास हुने बताए । सोहि कार्यक्रममा मुख्य न्यायाधिश दिक्षितले क्लवका संरक्षक तथा न्यायाधिशहरु नसरुलाह अंसारी, रमेशराज पोखरेल, माधवेन्द्रराज रेग्मी तथा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई स्वागत गरिन ।
त्यस्तै तुलसीपुर उपमहानरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन पौडेल, भू तथा जलाधार कार्यालयका प्रमुख कृण्ण पौडेल,नेपाल टेलिकम तुलसीपुरका प्रमुख विजेन्द्र नाथ शुक्ला, नेपाल विद्युत प्राविधिकरण तुलसीपुरका प्रमुख ज्ञानबहादुर फर्साल, नापि शाखा कार्यालय तुलसीपुरका प्रमुख भक्तबहादुर विक, जलश्रोत तथा सिचाई विकास कार्यालयका ईन्जिनियर सन्तोष घिमिरे, उच्च अदालका शाखा अधिकृतहरु, भुपाल भण्डारी, संगीता सुवेदी, राजेश पौडेल, नवराज भण्डारी प्रकाश विक, सशस्त्र प्रहरी बेस क्याम्प तुलसीपुरका प्रमुख पदम राज भट्ट लगायतलनई स्वागत गरिएको थियो ।
सोहि अवसरमा सशस्त्र बेस क्याम्प तुलसीपुरबाट सरुवा भएर जान लागेका भएका प्रहरी निरिक्षक बेदबहादुर खड्कालाई विदाई गरिएको छ । क्लवका अध्यक्ष तथा ईलाका प्रमुख तुलसीपुरका उपसचिव यज्ञ बहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रमा स्वागत क्लवका उपाध्यक्ष नारायणी रजौरेले गरेकी थिईन भने सहजीकरण क्लवका सचिव गोकर्ण वलीले गरेका थिए ।








प्रतिक्रिया