काठमाडौं ३ मंसिर – सरकारले राष्ट्रिय सभा निर्वाचनका लागि मिति तोकेको छ। निर्वाचन आयोगसँगको परामर्शपछि बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी माघ १२ गतेका लागि राष्ट्रिय सभाको निर्वाचनको मिति तोकेको एक मन्त्रीले जानकारी दिए।
राष्ट्रिय सभाका झन्डै १ तिहाइ सदस्यका लागि माघ १२ गते निर्वाचन हुने भएको हो। राष्ट्रिय सभामा हाल कायम सदस्यमध्ये एक तिहाइ (२० जना) सदस्यको पदावधि आगामी फागुन २० गते सकिन लागेको छ।फागुन २० गतेपछि एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना (राष्ट्रपतिबाट मनोनित रामनारायण बिडारी सहित) , नेकपा एकीकृत समाजवादीका ४ जना र कांग्रेसका ३ जनाको पदावधि सकिने छ।








प्रतिक्रिया