भैरहवा ३ मंसिर । सरकारका गृहमन्त्री वालकृष्ण खाणले विप्लव समुहलाई मुलधारमा ल्याउने र तल्ला तहका प्रहरीले अवकास पाउदा कम्तीमा १ तह बढुवा हुने स्थिती बसाल्न काम गरि रहेको भन्दै चिन्ता ब्यक्त गर्नु भएकोछ । गृहमन्त्री खाँणले प्रहरी संगठनको तल्लो तहमा कार्यरत कर्मचारीको एउटै पदबाटमात्रै सेवा पदावधि समाप्त नहुने गरी प्रहरी नियमावली परिवर्तन गर्न लागिएको बताएका छन् ।
नेपाली कांग्रेस रूपन्देहीद्वारा बुधबार भैरहवामा आयोजित पार्टी कार्यकर्ता सम्मान कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले भने ‘अब तल्लो तह वा दर्जामा कार्यरत प्रहरीको सेवा निवृत्त हुँदा कम्तीमा एक तह भए पनि पदोन्नति हुनेछ ।’ ‘यसकै लागि नियमावली परिवर्तन गर्न लागिएको उहाले बताए ।
खाँणले शान्ति प्रक्रियामा नआएका सबै राजनीतिक शक्ति र दललाई राष्ट्रिय राजनीतिको मूल धारमा आउन पनि आग्रह गरेका छन् । राष्ट्रिय राजनीतिको मूल धारमा ल्याउन नेकपा विप्लव समूहसँग सरकारको वार्ता र पहल भइरहेको जनाउँदै खाँणले मुलुकको आर्थिक समुन्नतिका लागि शान्तिको मार्ग प्रशस्त कसरी गर्ने भन्ने बारेमा सरकारले सोचेको बताए ।
प्रतिक्रिया