काठमाडौं, ०३ मंसिर । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट्दै हुनुहुन्छ । उहाँहरूबीच एमसीसी सम्झौता, दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विषयमा छलफल हुनेछ । सहायक विदेशमन्त्री लु र परराष्ट्रमन्त्री खड्काबीच परराष्ट्र मन्त्रालयमा भेटवार्ता हुनेछ ।
लुले हिजो साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग उनकै निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको थियो । भेटका क्रममा दुई देशबीचको पारस्पारिक सम्बन्ध, सहयोग र बहुआयामिक द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो ।
नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र विकास साझेदारहरूसँग परिचित हुन लु तीन दिने भ्रमणका लागि यहि बुधबार नेपाल आउनुभएको हो ।
काठमाडौं बसाइँका क्रममा उहाँले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गर्ने अमेरिकी दूतावासले जनाएको छ । साथै, नेपालमा अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकन पनि गर्नुहुने छ ।








प्रतिक्रिया