प्रदेश

विद्यार्थी नेता अच्युत बने प्रदेश महाधिवेशन प्रतिनिधिका साझा उम्मेदवार



कपिलवस्तु, ३ मङ्सिर 
नेपाली काँग्रेसको आज शुक्रवार प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन अन्तर्गत मनोनयन सुरु भएको छ ।  कपिलवस्तु जिल्ला अन्तर्गत छ निर्वाचन क्षेत्रमा आज मनोनयन दर्ता हुदैछ । सबै क्षेत्रमा संस्थापन र रामचन्द्र पौडेल पक्षको अलग अलग गुट बनाइ उम्मेदवारी दर्ता भएको छ । अधिवेशनको माहौल सुरु हुँदै फेसबुक मार्फत युवा पुस्ताले पनि उम्मेदवार दिने घोषणा गरेका थिए । तर गुटको दबाबका कारण युवाहरूले उम्मेदवार दिनबाट रोकिनु परेको छ ।
तर कपिलवस्तु क्षेत्र नं. २ (क) अन्तर्गत प्रदेश अधिवेशन प्रतिनिधिमा एक जना युवा तथा विद्यार्थी नेता दबाब त्यागेर भए पनि निर्वाचनमा होमिएका छन् । नेपाल विद्यार्थी सङ्घ बुद्धभूमि नगर सभापति थानेश्वर अर्याल (अच्युत) ले मनोनयन दर्ता गरेका हुन । निर्वाचन मण्डलका सदस्य कुल मण्डल भुसालका अनुसार उनले ११ जना प्रतिस्पर्धी सँग सामना गर्नु पर्ने भएको छ । प्रदेश अधिवेशन प्रतिनिधिमा खुला तर्फ ७ जनाको मात्र कोटा रहेको छ । कुल १० मध्ये ३ जना महिला भने निर्विरोध निर्वाचित भएका छन् ।
नेता अच्युत काँग्रेस कार्यकर्ता माझमा चर्चित मानिन्छन् । कुनै प्यानलमा नरही साझा उम्मेदवारको रूपमा नाम दर्ता गराएको उनले बताए । संस्थापन देउवा पक्ष र पौडेल पक्षले युवाको उम्मेदवारी रोक्न दबाब दिए पनि अच्युत भने निर्वाचनमा होमिएका छन् । कोरोनाले लकडाउन हुँदा गरिबलाई राहत बाँड्ने देखि अलपत्र परेकालाई घर पुराउने योगदान गरेका अच्युतलाई धेरै कार्यकर्ताको समर्थन हुने विश्वास गरिएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको आन्दोलनमा उनी प्रहरीबाट गिरफ्तार समेत भएका थिए । उम्मेदवारी घोषणा गरे पछि उनलाई पार्टीका नेताहरूले नाम फिर्ता लिन दबाब आएको समर्थक कृष्ण बन्जाडेले बताए ।

प्रकाशित : ३ मंसिर २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६