प्रदेश

कपिलवस्तुमा माओवादीको वडा सम्मेलनको तयारी पुरा ।



माधव बेल्वासे, २ मंसिर । नेकपा माओवादी केन्द्रको शनिवार हुने वडा सम्मेलनको तयारी पुरा भएको छ । कपिलवस्तुका ९६ वडामा भोलि एकै साथ सम्मेलन हुने माओवादी केन्द्र कपिलवस्तुले जनाएको छ ।

 केन्द्रका जिल्ला संयोजक विष्णु शाहका अनुसार सबै पालिकाका वडाहरूमा सम्मेलनको लागि जिम्मेवारी प्रदान गरिएको बताउनुभयो । सबै वडामा व्यापक छलफल गरी नेतृत्व चयन गर्ने सबैलाई आग्रह गर्नुभएको छ  । 

नेतृत्व चयनमा विशेष ध्यान दिँदै कर्मठ नेतृत्व ल्याउनुपर्ने भएकोले वडाका सदस्यहरूलाई विशेष छलफल गर्न आग्रह गर्नुभयो । वडा सम्मेलनमा उत्साहजनक सहभागिता हुने अपेक्षा गर्दै सम्मेलनको सफलताको कामना समेत गर्नुभयो । कपिलवस्तुमा ८ हजार माओवादी केन्द्रका कृयशिल सदस्य रहेका छन् ।

प्रकाशित : ४ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६