अर्थ-वाणिज्य

समाजवादी प्रेस संगठन जिल्ला प्रशासनमा दर्ता



काठमाडौं ३ मंसिर । समाजवादी प्रेस संगठन नेपालले दर्ता प्रक्रिया सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन शुक्रबार काठमाडौँ जिल्ला प्रशासनमा दर्ता भएको हो ।

संगठन स्थापनाको घोषणा गरेको एक साताभित्रै वैधानिक रूपमा आफ्नो दर्ता प्रक्रिया सम्पन्न गरेको हो । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालबाट संगठनका उपाध्यक्षद्वय प्रकाश खतिवडा र बुद्धिवीर बाहिङ राई, महासचिव भूपराज खड्का र संगठनका तथा पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्दप्रसाद चौलागाईंले संगठन दर्ताको प्रमाणपत्र सामूहिक रूपमा ग्रहण गरेका छन् ।

संगठनले नेपाली पत्रकारिताको विकास, श्रमजीवी पत्रकारको हित र अधिकारका लागि क्रियाशील रहने, सूचनाको हक, मानवअधिकार र प्रेस स्वतन्त्रताका निम्ति संघर्ष गर्ने उद्देश्य राखेको महासचिव भूपराज खड्काले जानकारी दिए ।

प्रकाशित : ४ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६