प्रदेश

कांग्रेस कपिलवस्तुमा प्रदेश सभा निर्वाचन क्षेत्रको चुनाव आज, कडा प्रतिस्पर्धा हुने ।



कपिलवस्तु, ०४ मंसिर । नेपाली कांग्रेस कपिलवस्तुले आज जिल्लाका ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्रको नेतृत्व चयन गर्न लागेको छ । शुक्रबार प्रदेश सभा निर्वाचन क्षेत्रमा मनोनयन दर्ता भएको थियो । आज विहान ९ बजेदेखि साँझ ३ बजेसम्म निर्वाचन कार्यतालिका तोकिएको जिल्लाका निर्वाचन अधिकृत घनश्याम पन्तले जानकारी दिनुभयो । ६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको जिल्लामा एक क्षेत्र बाहेक अन्य ५ क्षेत्रमा चुनावी प्यानल खडा भएको छ । प्रतिनिधिसभा ३ को ‘ख’ मा मुक्तेश्वर मिश्रा सर्वसम्मत प्रदेश निर्वाचन क्षेत्रको सभापति बन्नुभएको छ । यद्यपि अरु पदाधिकारीमा भने चुनाव हुनेछ ।

सभापति शेर बहादुर देउवा र वरिष्ट नेता रामचन्द्र पौडेल पक्ष बीच कडा प्रतिस्पर्धा देखिएको जिल्लामा यसभन्दा अगाडि सम्पन्न १० वटै स्थानीय गाउँ तथा पालिका अधिवेशनमा चुनावबाट नेतृत्व छनौटले प्रष्ट पारेको छ ।

कांग्रेस कपिलवस्तुको निर्वाचन गराउने जिम्मेवारी पाउनुभएका निर्वाचन अधिकृत पन्तले सभापति बाहेक कतिपय क्षेत्रका पदाधिकारी सर्वसम्मत चयन भैसकेका जानकारी दिनुभयो । सबै क्षेत्रको नतिजा अझै आइनसेको भन्दै निर्वाचन अधिकृत पन्तले आज साँझसम्म सबै क्षेत्रको नतिजा आउने बताउनुभयो । यता उम्मेद्वारी दर्ता गरेसंगै उम्मेदवारहरु आफ्नो पक्षमा नतिजा पार्न लागिपरेका छन् । आ आफ्ना मतदाता समक्ष उम्मेदवारले चुनावी जितेपछि आफुले गर्ने काम सार्वजनिक गरिरहेका छन् ।

प्रकाशित : ४ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६