अर्थ-वाणिज्य

६१ जिल्लामा कांग्रेसका प्रदेश सभा क्षेत्रीय अधिवेशन सुरु



काठमाडौं ४ मंसीर ।  १४  औँमहाधिवेशनको कार्यतालिकाअनुसार शुक्रबार ६१ जिल्लामा कांग्रेसका प्रदेश सभा क्षेत्रीय अधिवेशन सुरु भएका छन् । केन्द्रीय निर्वाचन समितिका अनुसार अधिवेशन हुन बाँकी जिल्लामा कार्यतालिकाअनुसार अधिवेशन सुरु भएको हो । 

कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य तेजबहादुर रावलले अधिवेशन सुरु भएका जिल्लामा निर्वाचन प्रक्रिया पनि सुरु भएको बताए । कतिपयमा मतदान भएर मतगणना सुरु भएको छ । ‘६१ जिल्लामा अधिवेशन सुरु भइसकेको जानकारी आएको छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘निर्वाचन भएकामध्ये केहीमा निर्वाचन सम्पन्न भई मतपरिणाम आउने क्रममा रहेको र केहीमा जारी छ ।’ 

१३ जिल्लामा भने यसअघि नै क्षेत्रीय अधिवेशन सम्पन्न भई जिल्ला अधिवेशनसमेत सम्पन्न भइसकेको निर्वाचन समितिले जानकारी दिएको छ । तर, ७४ जिल्लामा विभिन्न अधिवेशनको प्रक्रिया सुरु भइसक्दा पनि रसुवा, सर्लाही र सिन्धुपाल्चोकमा भने वडा अधिवेशनकै कारण अरू निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन । यी जिल्लामा अधिवेशन केही पर सर्ने निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार सिन्धुपाल्चोकका तीन वडामा अधिवेशन बाँकी छ । दुई जिल्लामा भने वडा अधिवेशन नै सुरु हुन सकेको छैन । 

निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठले सर्लाहीमा निर्वाचन अधिकृत खटाउन तथा रसुवा र सिन्धुपाल्चोकमा पनि अधिवेशन प्रक्रिया अगाडि बढाउन समितिले काम गरिरहेको जानकारी दिए । 

कांग्रेसले एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका जिल्लामा ६ मंसिरमा जिल्ला अधिवेशन र एकभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा १० मंसिरमा जिल्ला अधिवेशन हुने गरी मिति तोकेको छ । यसपश्चात् १६ र १७ मंसिरमा सातै प्रदेशको प्रदेशमा तथा २४ देखि २६ मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसको कार्यतालिका छ । 

प्रकाशित : ४ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६