प्रदेश

माधवकुमार नेपालले भने, मन्त्रीहरु भ्रष्टाचारबाट मुक्त भएर काम गर्नुस ।



काठमाण्डौ, ०४ मंसिर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई कुनै पनि गलत काम नगर्न निर्देशन दिएको बताउनुभएको छ ।

राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालले मध्यपुर थिमीको बोडेमा गरेको दुई दिने राष्ट्रिय भेलामा अध्यक्ष नेपालले आफ्ना मन्त्रीलाई भ्रष्टाचारबाट मुक्त भएर काम गर्न निर्देशन दिएको र गलत कार्य गरे कारबाही गर्ने जानकारी गराएको बताउनुभएको हो । उहाँले सरकारमा रहेका आफ्ना मन्त्रीले कुनै पनि गलत काम गरेमा कारबाही गरेर फिर्ता बोलाइने बताउँदै शिक्षा र स्वास्थ्यमा ज्यादै मुनाफा हुनेगरी निजीकरण गरिएकाले सरकारले त्यसलाई निरुत्साहित गरी नागरिकको सेवामुखी भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष नेपालले नेकपा एमालेमा रहने सच्चा कम्युनिष्टलाई ढोका बन्द गरेपछि बाहिर आउनु परेको बताउनुभयो । 

प्रकाशित : ४ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६