अर्थ-वाणिज्य

एमाले महाधिबेशनमा विश्वका ६० देशका पार्टी प्रतिनिधी आउने



काठमाडौं ५ मंसिर । नेकपा एमालेले आसन्न दशौं राष्ट्रिय महाधिवेशनका लागि विभिन्न देशका ६० वटा पार्टीका प्रतिनिधि आउने निश्चित भएको छ । दशौं महाधिवेशन अतिथि सत्कार कमिटीका संयोजक डा. राजन भट्टराईले ६० वटा अन्तर्राष्ट्रिय पार्टीलाई निमन्त्रणा दिएको जानकारी दिए ।

एमालेको मुखपत्रमा प्रकाशित बुलेटिनअनुसार हालसम्म भारतबाट भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी, भारतीय कम्युनिष्ट पार्टी र भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी लेनिनवादी लिबरेशन पार्टी आउने निश्चित भएको हो । त्यसैगरी बंगला देशको कम्युनिष्ट पार्टी अफ बंगलादेशका तर्फबाट आउने निश्चित भएको छ । रिभोलेसनरी वर्कर पार्टीको तर्फबाट पनि आउँछु भनेर खबर पठाएको संयोजक भट्टराईले जानकारी दिए। उनका अनुसार श्रीलंकाबाट जेभीपी पार्टीको प्रतिनिधि आउने भनेर निश्चित गरेका छन् ।

‘त्यस्तै कम्बोडियाको सत्तासीन पार्टी कम्बोडियन पिपुल्स पार्टीको प्रतिनिधिले पनि आउने निश्चित भएको छ । फ्रेञ्च कम्युनिष्ट पार्टीले पनि प्रतिनिधि पठाउने भनेको छ । टर्कीको वामपन्थी पार्टीले आउने भनेको छ । यद्यपि, त्यहाँ कोरोना बढेका कारण निश्चित भएको छैन,’ बुलेटिनमा प्रकाशित अन्तर्वार्तामा उनले भनेका छन् ।

युरोपमा पनि पछिल्लो समय कोरोना संक्रमण बढेका कारण युरोपियन पार्टीहरुले आउने चासो राख्दा–राख्दै पनि आउन नसक्ने स्थिति भएकाले सन्देश पठाउने कुरा गरेको उनले उल्लेख गरेका छन् । त्यस्तै दक्षिण एशियाका अरु रुलिङ पार्टीहरुलाई पनि निम्ता गरिएको उनले बताए । उनीहरुलाई सकेसम्म प्रतिनिधि पठाउनु नभए सन्देश पठाउनु भनेको उनले बताए । चिनियाँ कम्युनिष्ट पार्टीले यो कोरोनाका कारण आउन नसक्ने भन्दै शुभकामना सन्देश पठाउने भनेको उनले जनाएका छन् ।

‘नर्थ कोरिया पार्टीले शुभकामना सन्देश पठाउने कुरा भएको छ । भियतनाम र लावसले प्रतिनिधि नै पठाउन सक्ने या शुभकामना सन्देश पठाउने भन्ने विषयमा हामीले टुंगो गरिसकेका छैनौं भनेको छ । हामी त्यसको निरन्तर फलो गरिरहेका छौं । क्युवालाई पनि निम्तो दिएका छौं । अहिलेसम्म बेल्जियमबाट शुभकामना सन्देश प्राप्त भएको छ । आयरल्याण्डबाट शुभकामना सन्देश प्राप्त भएको छ । जर्मनी र रसियाका तीन पार्टीले शुभकामना सन्देश पठाउने भन्नु भएको छ,’ उनले भनेका छन् ।

प्रकाशित : ५ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६