अर्थ-वाणिज्य

एमालेलाई सिध्याउन अरू १० दल आए पनि कुनै फरक नपर्ने :केपी शर्मा ओली



काठमाडौं ५  मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याउन अरू १० दल आए पनि कुनै फरक नपर्ने बताएका छन् । आज (शनिबार) काठमाडौंको वसन्तपुरमा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले एमाले सिध्याउन पाँच दलीय गठबन्धन बनेको भन्दै अरू १० दल आए पनि कुनै फरक नपर्ने बताएका हुन् ।

उनले एमालेलाई कसैको वैशाखी टेकेर हिंड्नु पर्ने अवस्था नरहेको भन्दै आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने दाबी गरे । आगामी निर्वाचनमा सत्ता गठबन्धनका केही दल नेपाली कांग्रेसको औंला नसमाती हिंड्नै नसक्ने तर्क पनि उनले गरे । आफ्नो सरकार ढालेर कांग्रेसको औंला समातेर हिंड्नेहरूले चुनावसम्म गठबन्धन रहने कुरा गरिरहेको उनले उल्लेख गरे । संसद्बाट प्रधानमन्त्री बन्नु र हट्नु पर्नेमा अन्तैबाट प्रधानमन्त्री नियुक्त भएको आरोप लगाए ।

‘अब अरु फाँचफुच्चेहरु चाँही सँगै जान्छौं भन्छन् । अनि काँग्रेसको औंला नसमाति त हिंड्नै सक्दैनन् त, कसरी जाँदैनन् गइहाल्छन नि सँगसँगै । आफ्नो सरकार ढालेर काँग्रेसको सरकार बनाई दिनेहरु, काँग्रेसको आंंैला समातेर हिँडन पल्केकाहरु, त्यो हिँडन खोज्छन नै’, उनले भने, ‘तर काँग्रेसले कहिलेसम्म औंला दिन्छ, मलाई थाहा छैन । तर नेकपा एमाले कसैको बैशाखी टेकेर होईन, आफै चुनाव लडन सक्षम छ । आफैं चुनाव लड्छ, आफैं जित्छ ।

एमाले नेतृत्वको सरकारले मुलुकमा विकासको लहर ल्याएकै कारण सरकारबाट हटाइएको जिकिर उनले गरे । अहिले विकासको गति अवरुद्ध भएको भन्दै विकास निर्माणको कार्य अगाडि बढाउन एमालेकै नेतृत्वमा सरकार बन्नुपर्नेमा उनले जोड दिए । अध्यक्ष ओलीले अहिले एमाले सफा भएको भन्दै सुदृढ एकताका साथ अगाडि बढ्ने उल्लेख गरे । कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

प्रकाशित : ५ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६