काठमाण्डौ, ०५ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम छिटै पूरा गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । वृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएको १५ वर्ष पूरा भएको अवसरमा आज आइतवार विज्ञप्ति निकालेर अध्यक्ष प्रचण्डले युद्धलाई शान्तिमा रूपान्तरण गर्ने काम सम्पन्न भए पनि त्यो समयमा घटेका घटनाको सत्यरतथ्य छानबिन गरी सार्वजनिक गर्न र पीडितहरूलाई परिपूरण गर्न अझै बाँकी रहेको भन्दै यस्तो काम गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले युद्धका बेला भएका कमजोरीहरूको छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ । उहाँले निकाल्नुभएको विज्ञप्तिमा आजसम्मका राजनैतिक उपलब्धिहरूप्रति गर्व गर्दै त्यसबेला भएका कमीकमजोरीहरूको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न आफू प्रतिबद्ध रहेको उल्लेख छ ।
द्वन्द्वकालका घटनाहरूको छानबिन गर्नु सरकारको मात्रै मामिला नभएर राज्यका हरेक निकाय र राजनीतिक दलहरू एकताबद्ध हुनुपर्ने उहाँले बताउनुभएको छ ।








प्रतिक्रिया