कपिलवस्तु ५ मंसिर। कपिलवस्तुमा हैजा बिरुद्धको खोप अभियान आईतवारबाट सुभारम्भ भएको छ । स्वास्थ्य कार्यालयद्धारा यशोधरा गाउपालिकाको अस्पतालमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या मन्त्री ईन्द्रजित चौधरीले ब्यानर पढेर खोप कार्यक्रमको उदघाटन गर्नु भएको छ । त्यस लगत्तै यशोधरा गाउपालिकाका प्रमुख गिरीजेश कुमार पाण्डेयलाई हैजा बिरुद्धको ओरल कलोरा भ्याक्सिन ख्वाएर खोपको शुभारम्भ गरिएको हो ।
यशोधरा गाउपालिकामा आईतवार देखि मंसिर १० गते सम्म खोप अभियान सचालन हुनेछ । जिल्लाका हैजा प्रभावित ५ पालिकामा हैजा बिरुद्धको ओरल कलोरा भ्याक्सिन लगाईने भएको हो । स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले हैजाबाट सुरक्षित हुन र संभावित मृत्युलाई रोक्न जिल्लाको यशोधरा गाउपालिकाबाट भ्याक्सिन लगाउने कार्यको थालनी गरिएको वताउनु भयो ।
यशोधरा गाउपालिकामा ३७ हजार ७८३ जनालाई खोप लगाईने छ । सो अवसरमा मन्त्री चौधरीले अभियानलाई सफल बनाउनु पर्ने बताउदै सेवाभावले परिचालित हुन स्वास्थ्यकर्मीलाई आग्रह गर्नु भयो । उहाले पालिकाहरुले सरसफाईमा बिशेष ध्यान दिन आग्रह गर्नु भयो ।
सो अवसरमा गाउपालिका प्रमुख पाण्डेयले आफनो पालिकामा हैजा फैलिएरकोमा दुःख ब्यक्त गर्दै खोप अभियानलाई सफल बनाउने दावि गर्नु भयो । अन्य ४ पालिकाहरु कृष्णगनर, महाराजगंज शिवजराज नगरपालिका र बिजयनगर गाउपालिकामा मंसिर ७ देखि १२ गते सम्म खोप अभियान संचालन हुने स्वास्थ्य कार्यलय प्रमुख पाण्डेयले बताउनु भयो ।
जिल्लाका ५ पालिकामा खोप लागउनकालागि २ लाख ५२ हजार ३६३ कलोरा खोप आएको स्वास्थय कार्यालकया प्रमुख हेमराज पाण्ेयले जानकारी दिनु भयो । कृष्णनगर नगरपालिकाकालाई ६० हजार ७४३, महाराजंज नगरपालिकालाई ५३ हजार १५६, शिवराज नगरपालिकालाई ६४ हजार ७४८, बिजयनगर गाउपालिकालाई ३५ हजार ९०३ खोप खु्वाईने छ । अभियानमा १ सय ६८ खोपकर्ता, ३ सय ४८ स्वयमसेवक र ५ सय ३५ महिला स्वयमेविका परिचलन हुनेछन ।
कृष्णनगर नगरपालिकाको वार्ड नं. ८ र ९ बाट सुरु भएको झाडापखाला फैलदै शिवराज नगरपालिका, विजयनगर र यशोधरा गाउ“पालिकामा फैलिएको थियो । कृष्णनगर र विजयनगरका ९ जनाको दिशामा हैजाको जिवाणु फेला परेको थियो । यशोधराका एक जनामा पनि हैंजाको जिवाणु फेला परेको थियो ।
प्रतिक्रिया