प्रदेश

अधिबेशन स्थलमा बिवाद हुदा अश्रुग्यास प्रहार ७ घाइते



बुटवल ८मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा बिवाद हुदा प्रहरीले बल प्रयोग गरेकोे छ।

मतगणनाको क्रममा पौडेल– सिटौला पक्षका बिष्णु कुमार गिरीले अग्रता लिएपछि सभापती देउवा समुहका युवाहरुको समूहले अचानक आक्रमण गरेको पौडेल पक्षको आरोप छ।

मत परिणाममा असन्तुष्टि जनाउँदै युवाहरुले गरेको प्रदर्शनकाले उग्ररुप लिएपछि घटनालाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रयोग गर्नु परेको गोली चलाएको बुझिएको छ।

लुम्विनी प्रदेशका प्रहरी नायव महानिरिक्षक मुकुन्द आचार्यले मतगणनास्थलमा कसैले बाहिर बाट ढुंगा प्रहार गरेपछि स्थीतीलाई नियन्त्रणमा लिन ७ राउण्ड अश्रुग्यास प्रयोग गरेको बताए।

स्थानियका अनुसार स्वर्गद्वारी क्याम्पस मतगणना चलि रहदना बाहिर रहेका कांग्रेस कार्यकर्ताहरुले मतगणना स्थलमा ढुंगा प्रहार गरेपछि कांग्रेस कार्यकर्ता र नेपाल प्रहरी बीच केही बेर झड्प भएको थियो।

झडपका क्रममा प्रहरी जवान गोपाल जिसी सहित ७ जना घाईते भएका छन। प्रदर्शनकारी तर्फ घाईते हुनेमा २३ बर्षिया चन्द्र बहादुर गाह, कृष्ण बसेल, स्वर्गद्वारी नगरपालिका –२ का २० बर्षिया कमल घर्ती,नौबहिनी –६ का २६ बर्षिया कुंवर पुन, २३ बर्षिया बिनोद रिजाल र प्युठान नगरपालिका –७ का खेमराज पण्डित रहेका छन। घाईतेहरुलाई उपचारका लागि प्युठान जिल्ला अस्पताल बिजुवार ल्याईएको छ।

प्रकाशित : ८ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६