प्रदेश

एमाले महाधिबेशनले जनलहर र ब्यवस्थीत पार्टी नेतृत्व कस्तो हुन्छ देखाउने




पार्वती पाण्डे
कपिलवस्तु ८ मंसिर। नेकपा एमालेका लुम्विनी प्रदेश सहइन्चार्ज गिरधारीलाल न्यौपानेले एमाले महाधिबेशनले जनलहर कस्तो हुन्छ र ब्यवस्थीत पार्टी नेतृत्व कस्तो हुन्छ ? स्पष्ट देखाउने दावि गर्नु भएको छ । नेकपा एमाले जिल्ला प्रचार विभागको वुधवार ४ नं जितपुरमा बसेको बैठकलाई संवोधन गर्दै यस्तो वताउनु भएको हो ।


नेकपा एमालेको यहि मंसिर १० देखि १२ सम्म चितवनमा हुने दशौं राष्ट्रिय महाधिवेशनलाई केन्द्रीत गरि वैठक वसेको हो । वैठकलाई सम्बोधन गर्दै पाटीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशका सहइन्चार्ज न्यौपानेले दशौं महाधिवेशन ऐतिहासिक र एकताको सन्देश भएको बताउनु भयो ।
उहाँले अगाडि भन्नु भयो एमालेभित्र कुनै गुट र समुह नरहेका कारण पनि यस पटक महाधिवेशनमा उम्मेदवार घोेषणा गर्ने समुह हुने छैनन् । सबैलाई उचित जिम्मेवारी, उचित स्थानमा दिएर नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन १२ गते सम्पन्न हुने उहाँले जनाउनु भयो । कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य एवं कपिलवस्तु इन्चार्ज विमला घिमिरेले दशौ. महाधिवेशन सबैको साझा पार्टीका रुपमा, सबैले आफ्नो प्रतिनिधित्व भएको महसुस गर्ने गरी, सबै क्षेत्र, लिङ्ग, भाषा, धर्म, उमेर समुह, अल्पसंख्याक लगायतले आफ्नो पार्टी एमाले भएको महसुस गर्नेगरी यसपटकको महाधिवेशन सकिने बताउनु भयो ।


उहाँले अगाडि भन्नु भयो यसकारण हामीले यस महाधिवेशनलाई एकताको महाधिवेशन भनेका छौे । कार्यक्रममा बोल्दै पाटी जिल्ला अध्यक्ष झविलाल पोख्रेलले कपिलवस्तुबाट महाधिवेशनमा उत्साहजनक सहभागिता हुने बताउनु भयो । महाधिवेशनलाई भव्य र सभ्य रुपले सफल पार्नका लागि जिल्लाबाट १५ हजार बढिको सहभागिता हुने छ , उहाँले भन्नु भयो । दशौं महाधिवेशनमा जिल्लाबाट साना ठुला गरि २ सय बढि गाडि परिचालित हुने अध्यक्ष पोख्रेलले बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रचार तथा प्रकाशन विभागका प्रमुख लक्ष्मण बेल्बासेले जिल्लाका १० वटै स्थानिय तहबाट महाधिवेशनमा उलेख्य सहभागिता हुने बताउनु भयो । चितवनमा हुने दशौं महाधिवेशन ऐतिहासिक हुने भएकोले विभिन्न मिडियाहरुले प्राथमिकताका साथ सवालहरु उठान गर्ने गरेको जनाउनु भयो । विभागका उपप्रमुख पार्वती पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा लुम्विनी प्रदेशका कार्यालय सचिव वलराम अधिकारी , प्रदेश कमिटि सदस्य डम्मर शर्मा , प्रदेश सांसद विष्णु पन्थि , पाटीका जिल्ला उपाध्यक्ष बाबुराम खनाल , उपसचिव विश्राम थारु , कार्यालय सचिव धर्म भुषाल, सचिवालय सदस्य भेषराज पाण्डे लगायतले दशौं महाधिवेशनको बारेमा महत्वपुर्ण भनाई राख्नु भएको थियो ।

प्रकाशित : ८ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६