प्रदेश

ओली नेतृत्वको सरकारले जनभावनाअनुसार काम गर्न सकेनः कमल थापा



काठमाण्डौ, १० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमालेको महाधिवेशनबाट साहसिक निर्णयको अपेक्षा गरेको बताउनुभएको छ ।

चितवनमा सुरु भएको एमालेको दशौँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिँदै अध्यक्ष थापाले ओली राष्ट्रवादी सोच भएको नेता भन्दै अब पनि साहसिक निर्णयको अपेक्षा गरेको बताउनुभयो । उहाँले नाकाबन्दीलाई स्मरण गर्दै तत्कालीन प्रधानमन्त्री ओलीको मार्गदर्शनमा रहेर नाकाबन्दीविरुद्ध लडेको बताउनुभयो ।

ओली नेतृत्वको पछिल्लो सरकारले जनभावनाअनुसार काम गर्न नसकेको राप्रपा अध्यक्ष थापाको टिप्पणी थियो । अध्यक्ष ओली नेतृत्वको सरकारले विप्लव माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन र लिम्पियाधुरासमेत समेटेर नेपालले चुच्चे नक्सा बनाएर संविधानमा संस्थागत गर्न सफल भएको बताउनुभयो ।

अध्यक्ष थापाले अहिले देश सङ्कटको भुमरीमा परेको र यो सङ्कटबाट जोगाउन सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । देश सर्वसत्तावादतर्फ उन्मुख रहेको भन्दै उहाँले नेपालीको धार्मिक पहिचान समाप्त पार्ने प्रयास भइरहेको, इतिहासमै भष्ट्राचार बढेको, युवाहरू खाडीमा पसिना बगाउन बाध्य भएको, बाह्य शक्तिको चलखेल र प्रभाव बढेको बताउनुभयो ।

उहाँले २०६२,०६३ को आन्दोलन र त्यसपछिको परिर्वतनबाट दिगो शान्ति, स्थायित्व र समृद्धिको लक्ष्य राखेको भए पनि कहाँ पुगिएको छ भनेर समीक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित : १० मंसिर २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६