प्रदेश

ओलीलाई नारायण वाग्लेको सुझाव ‘नारायणी किनारबाट देवघाट जानुस्’



काठमाडौं, १० मंसिर। नागरिक अभियन्ता नारायण वाग्लेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नारायणी किनारबाट देवघाट जान सुझाब दिएका छन् ।

बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्मको मार्चपासमा सहभागी भएको वाग्लेले १०औं महाधिवेशमा चितवन पुगेका ओलीलाई काठमाडौं नर्फकी उतैबाट देवघाट जान सुझाव दिएका हुन् ।
‘लाखौं कार्यकर्ताका साथ अहिले नारायणी नदी किनारमा हुनुहुन्छ । न्यायालयालाई न्याय नै नरहेको जिनिस बनाइसक्दा पनि, मुद्दाहरु सडकमा छरपस्ट भइसक्दा पनि सबैले फैसला प्रतिनिधिसभा विघटनको विरुद्धमा गर्ने सबैले राजीनामा दिउन भन्दै न्यायालयप्रति आफ्नो जवाफदेहिता, भूमिका बिर्सने नेतालाई म भन्छु काठमाडौं नर्फकनू’ उनले भने, ‘नारायणी किनारबाट नजिकै देवघाट छ, देवघाट जानुस् । पाँच लाख कार्यकर्ताले एक–एक रुपैयाँ उठाए भने पनि तपाईंलाई सुनको कमाण्डलु किन्न पुग्छ ।’

सडकको मुद्दाको बलमा सत्तामा जाने र सत्तामा गएको भोलिपल्टदेखि प्रतिगमनको मतियार हुने या आफैँ प्रतिगमनको सूत्रधार हुने सम्पूर्ण राजनीतिक पंक्तिलाई जवाफ दिनका लागि बृहत् नागरिक आन्दोलन निरन्तर जागिरहने पनि उनले बताए।

प्रकाशित : १० मंसिर २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६