प्रदेश

दाङमा माओवादी प्रवेश गर्नेको लहरः कांग्रेस र एमालेका सैयौं नेता कार्यकर्ता माओवादीमा ।



दाङ, ११ मंसिर। दाङको राजपुर गाउँपालिकामा कांग्रेस र एमाले परित्याग गरि सयभन्दा बढी नेता कार्यकर्ताले माओवादी केन्द्रमा प्रवेश गरेका छन । पार्टी परित्याग गर्ने नेता कार्यकर्तालाइ नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले अबिर माला लगाइ स्वागत गरेकाहुन् ।

पार्टी प्रवेश गर्नेहरुमा तलिक राम यादव, रामकृष्ण भण्डारी, शिवार सिंङ भण्डारी, अयोध्या प्रसाद यादव लगायत राजपुर गाउँपालिकाका विभिन्न वडाका रहेका छन ।
माओवादी केन्द्रले आज देशव्यापी रुपमा गरेको पालिका स्तरीय सम्मेलन अन्तर्गत नेकपा माओवादी केन्द्र राजपुर कार्यक्रमको दोस्रो सम्मेलनको अवसर पारेर पार्टी प्रवेश कार्यक्रम गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा नव प्रवेशीलाइ स्वागत गर्दै प्रवक्ता महराले यो देशको परिवर्तनको संवाहक माओवादी केन्द्र नै भएको र यही पार्टी नै सहि भएकै कारण आज यति धेरै नेताकार्यकर्ता हाम्रो पार्टीमा प्रवेश गरेको भन्दै स्वागत गर्न पाउँदा आफु खुशी भएको बताए । “तपाइँहरु सहि ठाउँमा आउनुभएको छ । तपाइँहरुलाई पार्टीले उचित स्थान दिने छ ।

माओवादी केन्द्रमा अहिले विकृति आएको र त्यही विकृतिलाई हराउन पार्टीले वडा पालिकाहरुको र अहिले गाउँ पालिका सम्मेलन हुदै गरेको बताउदै २५ गते प्रदेश र पुस ११,१२ र १३ गते केन्द्रको पनि मिति तय भएको भन्दै पार्टी अब सुदृढीकरणको अभियानमा रहेको बताए ।
यतिमात्र नभएर पुराना माओवादी जो जनयुद्धमा संगसंगै रहेर आज अलग पार्टीमा रहेका पार्टी संग पनि आफु र अध्यक्ष प्रचण्डले पार्टी एकीकरणको लागि लागि परेको बताए ।
कार्यक्रममा जेष्ठ नागरिक तथा सहिद परिवारलाई सम्मान गरिएको थियोे ।
कार्यक्रममा विशिष्ट अतिथिका नेकप माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य लुमाकान्त न्यौपाने सागर, अतिथिहरुमा अखिल नेपाल सुकुम्बासी संघका केन्द्रिय प्रदेश सचिवालय सदस्य देविराम सुनार नेकपा, माओवादी केन्द्र दाङ जिल्ला सचिवालय सदस्य रामप्रसाद यादव,मधेसी राष्ट्रिय मुक्ति मोर्चा जिल्ला संयोजक मिश्रिलाल यादव, एकीकृत अखिल नेपाल शिक्षक संगठन लुम्बिनी प्रदेश सचिवालय सदस्य बिष्णु खत्री लगायतका रहेका थिए । राजपुर गाउँपालिका अध्यक्ष चक्रबहादुर खड्का शिखरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन बिष्णु यादवले गर्नुभएको हो ।

प्रकाशित : ११ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६