प्रदेश

प्रदेशको सन्तुलित विकास नै हाम्रो सपना होः मुख्यमन्त्री केसी



रोल्पा, ११ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको सन्तुलित विकास नै आफ्नो सरकारको सपना भएको बताएका छन् । आफू नेतृत्वको गठबन्धन सरकारले सम्पूर्ण ध्यान प्रदेशको समृद्धि र सन्तुलित विकासमा लगाएको बताउँदै मुख्यमन्त्री केसीले लुम्बिनीको विकास नै आफ्नो सपना भएको बताएका हुन् ।

शनिबार रोल्पामा माओवादी कार्यकर्तासंगको भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारले आम लुम्बिनीबासीको जीवनलाई समृद्ध बनाउने बताए । प्रदेश सरकारको योजना नै सन्तुलन मिलाएर विकास गर्ने र लुम्बिनी प्रदेशलाई नमुना प्रदेशको रुपमा विकास गर्ने रहेको उनको दावी छ ।

त्यसैगरी उनले लुम्बिनीको पूर्ववर्ती सरकारले लिएको बजेट भन्दा वर्तमान सरकारकाले लिएको बजेट जनमैत्री भएकाले यसलाई छिटो कार्यन्वय गर्नका लागि सबै लाग्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारले लिएको गौरवको आयोजना सम्पन्न गर्न र नयाँ आयोजनालाई अगाडि बढाउनका लागि आफुले भूमिका खेलिरहेको बताउँदै त्यसका लागि सबै जिल्लाका विभागीय कार्यालयलाई सहजीकरण गर्न निर्देशन समेत दिएका थिए ।

प्रकाशित : ११ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६