प्रदेश

माओवादी केन्द्र कपिलवस्तुका ७ पालिकामा नेतृत्व चयन, ३ मा बाकिँ ।



कपिलवस्तु, ११ मंसिर ।

नेकपा माओवादी केन्द्रको कपिलवस्तुका आज दश पालिकामा सम्मेलन सकिएको छ । केन्द्रिय कार्यक्रम अन्तर्गत जिल्लाको सबै ठाउँमा सम्मेलन सुरु भएपनि सात वटा पालिकामा नेतृत्व चयन भएको जिल्ला संयोजक विष्णु शाहले बताउनुभयो । अन्य तिन वटा पालिकामा उद्धघाटन सत्र सकिएको र वन्द सत्र केहि दिनमै हुने बताइएको छ ।

शिवराज नगरपालिकाको अध्यक्षमा द्रोण बहादुर पुन, उपाध्यक्षम उमा विक,चुर बहादुर खड्का,चिन्ता परियार,सचिवमा भरत पोख्रेल,सह सचिव शिशिर लामिछाने,कोषाध्यक्षमा यमलाल भुसाल सहित ५९ सदस्य समिति चयन गरिएको छ ।
त्यस्तै बुद्धभुमि नगर कमिटिको अध्यक्षमा बसन्त गिरी,उपाध्यक्षमा नुजामद्धिन फकिर,कमला भुसाल,कमला बेल्वासे,सचिवमा रावेन्द्र कुमार ठाकुर,सह सचिव विरेन्द्र मिश्रा,कोषाध्यक्षमा नारायण खड्का सहित ५३ सदस्य कमिटि गठन भएको छ ।

कृष्णनगर नगर समितिको अध्यक्षमा जावेद आलम खा वरिष्ठ उपाध्यक्ष सवनम खातुन,उपाध्यक्ष प्रलाद यादव, जगनारायण कलवार,सचिव गणेश बन्जाडे ,सहसचिव सहवाज खान,कोषाध्यक्ष बलवन्द कुमार गुप्ता लगाएत ५९ सदस्य कमिटि गठन गरिएको छ ।

त्यस्तै बिजयनगर गाउँसमितिमा तेज प्रसाद पौडेलको अध्यक्षतामा निर्विरोधन समिति चयन भएको छ । जसको उपाध्यक्षमा सावित्रा चापागाई,नारायाण कलवार,देविराम भट्टराई सचिवमा धुर्व सापकोटा,सहसचिवमा बसन्त कटवाल,कोषाध्यक्षमा जेमलाल खत्री सहित ५० सदस्य चयन गरिएको छ ।

यस्तै कपिलवस्तु नगरपालिकामा समेत नगर समितिको प्रथम ऐतिहासिक नगर सम्मेलन भब्यताका साथ सम्पन्न भएको छ । कपिलवस्तु नगरपालिकाको नगर अध्यक्षमा शत्रुघन चौधरि, उपाध्यक्षमा करम बहादुर यादव,
उपाध्यक्षमै काशिनाथ पाठक, सचिवमा राजेन्द्र नाउ सहसचिव गणेश श्रीवास्तव कोषाध्यक्ष चन्द्र कला परियार सहित
४५ सदस्यहरु रहने गरी ४५ सदस्यिय नगर समिति सर्बसम्मत निर्बाचित गरियो । यशोधरा गाउँपालिकामा पनि भव्यताका साथ नगर सम्मेलन सम्पन्न गरेको छ ।

यता मायादेवी गाउँपालिका र शुद्धोदन गाउँपालिकामा भने नगर अधिवेशन स्थगित भएको छ । स्थगित भएको नगर अधिवेशनको मिति छिटै सार्वजनिक गर्ने माओवादी केन्द्र कपिलवस्तु सचिवालय सचिव सरोज खनालले बताउनु भएको छ । दुवै गाउँपालिकामा भने उद्घाटन शत्र सम्पन्न भई सकेको तर बन्द सत्र हुन नसकेको स्रोतले बताएको छ ।
यता वाणगंगा नगरपालिकामा पनि उद्घाटन शत्र सकिएको छ भने बन्द शत्रका लागि उम्मेद्धवारी दर्ता प्रक्रिया पुरा भइसकेको र मंसिर १३ गते मात्र निर्वाचन हुने बताइएको छ ।

प्रकाशित : ११ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६