प्रदेश

एमाले महाधिवेशनमा विहान १० बजे बोलाइएको बन्द सत्र साँझ ७ बजे सुरु हुने ।



चितवन, १२ मंसिर। सौराहमा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा विहान १० बजेका लागि बोलाइएको बन्द सत्र अझैसम्म सुरु हुन सकेको छैन ।

अध्यक्ष केपी शर्मा ओलीले आइतबार विहान १० बजे नै बन्दसत्रमा उपस्थित हुन आग्रह गरेका थिए । त्यसअनुसार अधिकांश प्रतिनिधि पुगेका बन्दसत्र सञ्चालन हुने होटल सेभेर स्टारमा पुगेका पनि थिए ।

तर झण्डै ७ घण्टा कुर्दा पनि बन्दसत्र सुरु भएको छैन । चार नेताहरुको अनौपचारिक कार्यदलले केन्द्रीय सदस्यहरुको सूची बनाएर अध्यक्ष ओलीलाई बुझाएको छ । पदाधिकारीमा भने अझैसम्म सहमति जुटेको छैन ।

सहमतिको प्रयास जारी रहेको नेताहरुले बताएका छन् । यसका लागि अझै समय चाहिने भएपछि बन्दसत्र हलमा साँझ ७ बजे मात्र बन्दसत्र सुरु हुने माइकिङ गरिएको छ ।

७ बजे सुरु हुने बन्दसत्रका लागि महाधिवेशन प्रतिनिधिहरुलाई खाना खाएर आउन भनिएको छ ।

प्रकाशित : १२ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६