प्रदेश

कपिलवस्तुमा हैजाले थप एकको मृत्यु




कपिलवस्तु, मंसिर १२ । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा हैजाको कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धमूमि नगरपालिका ६ महुवाका १३ वर्षीया बालिका सिर्जना यादव रहेकी छिन् । एन्टिजिन परीक्षणमा यादवलाई हैजा देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

कपिलवस्तु अस्पताल, तौलिहवामा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताउनुभयो । जिल्लामा असोज १८ गते देखिएको फैलिएको हैजाको कारण मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । बुद्धभूमि ७ मानपुरमा असोजको पहिलो साता साढे दुई वर्षकी बालिकाको समेत झाडापखालाको कारण ज्यान गएको थियो ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका थप तीन पालिकामा हैजा देखिएको बताइएकोे छ । कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेका अनुसार बुद्धभूमि नगरपालिका, कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकामा हैजाका रोगी फेला परेका छन् ।

बुद्धभूमिका ५ वडा र मायादेवीको वडा नं. ७ मा कोलेरा एन्टिजिन टेष्ट गर्दा १४ जनामा हैजाको जीवाणु भेटिएको छ । बुद्धभूमिका वडा नं. ५, ६, ७, ८ र १० वडामा बिरामी देखिएको बुद्धभूमि नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी गोकर्ण अर्यालले बताउनुभयो ।

प्रकाशित : १२ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६