प्रदेश

कपिलवस्तु कांग्रेसको चुनावमा १ हजार ७ सय ६५ मत खस्यो, जितका लागि आ–आफ्नै दावि ।




कपिलवस्तु, १२ मंसिर ।
नेपाली कांग्रेस कपिलवस्तुको निर्वाचन आइतबार (आज) भएको छ । शनिबार उम्मेद्वारको मनोनयन दर्ता गरी आइतबार निर्वाचन गर्ने कार्यतालिका बमोजिम ५२ सदस्यीय कार्य समितिको लागि मतदान भएको कांग्रेस कपिलवस्तुले जनाएको छ ।

जिल्ला सदरमुकाम तौलिहवामा रहेको बुद्धपद्म माविको प्राङ्गमा भएको निर्वाचनमा जिल्ला सभापतिका लागि दुई नेता प्यानल बनाएर चुनाव लडेका छन् ।

पार्टीका पूर्व जिल्ला सभापति भैसक्नुभएका राजेश आचार्य र वर्तमान जिल्ला उपसभापति अब्दुल कलाम जिल्ला सभापतिको दौडमा रहनुभएको हो ।

विहान ९ बजेदेखि सुरु भएको मतदान प्रक्रिया साँझ ५ बजेसम्म चलेको थियो । कुल १ हजार ८ सय १६ मतदाताले जिल्ला कार्यसमिति निर्माणका लागि मत दिएका छन् ।

१० पालिका, ६ प्रदेशसभा निर्वाचन क्षेत्र र ३ संघीय निर्वाचन क्षेत्रको नेतृत्व चुनावबाट हुँदै आएको कांग्रेस कपिलवस्तुमा जिल्ला कार्यसमितिका लागि पनि आइतबार निर्वाचन भएको हो ।

पार्टीको निर्वाचन आयोगका अनुसार कुल मतदाता मध्ये १ हजार ७ सय ६५ मत खसेको छ । ५५ मतदाता भोट दिनका लागि नआएको निर्वाचन आयोगले जनाएको छ ।

मतपरिणाम कसको पक्षमा आउने हो अहिल्यै भन्न सकिने अवस्था छैन् । दुवै प्यानल बीच कडा प्रतिस्पर्धा रहेको कारण यसले जित्छ भनेर भन्न सकिने अवस्था आएको हो । यद्यपि दुवै पक्षका उम्मेद्वार जित आ(आफ्नो हुने दाबी भने गर्दै आएका छन् ।

जिल्लामा रामचन्द्र पौडेल पक्ष बलियो देखिन्छ । यद्यपि प्रदेश र प्रतिनिधिसभाका क्षेत्रीय अधिवेशनको नतिजा फरक फरक आउदा पौडेल पक्ष जिल्ला अधिवेशनमा ढुक्क हुन सकेको छैन् । शेरबहादुर देउवा पक्ष भने यसभन्दा अगाडी सकिएका निर्वाचन परिणामले खुसी देखिएको छ ।

सभापतिका उम्मेद्वार आचार्यलाई संस्थापन पक्षका नेताहरु अभिषेक प्रताप शाह, बिरेन्द्र कनौडिया, दीर्घ नारायण पाण्डेय, दीप कुमार उपाध्याय सहीत सुधाकर पाण्डेयले साथ दिएका छन् ।

उता खाँलाई बर्तमान पार्टी सभापति सुरेन्द्रराज आचार्य, पार्टीका केन्द्रिय सदस्य अतहर कमाल मुसलमान, बैकल्पिक केन्द्रिय सदस्य राजेश सिंहको साथ छ ।

आचार्यको प्यानलमा उप–सभापतिमा राम आशिष पाण्डेय, पदम खनाल, सचिवहरुमा सर्जु थारु र माधव पराजुली र सह–सचिवमा मोहोम्मद वजी अर्सद र राम चरित्र मौर्या रहेका छन् ।

यस्तै खाँको प्यानलमा उप–सभापतिमा हुुमकान्त खनाल र रजत आचार्य, सचिवमा शक्ति सिंह ठकुरी र प्रेम रायमाझी तथा सह–सचिवमा बिन बहादुर बन्जाडे र बिरेन्द्र शुक्ला रहेका छन् ।

२ वटा उप–सभापतिका लागि ५ जना, २ वटा सचिवका लागि ४ जना र २ सह–सचिवका लागि ५ जनाको उम्मेद्वारी परेको छ ।

मतदान सकिएसंगै राति ९ बजेदेखि जिल्ला पार्टी कार्यालयमा मतगणना थालिने निर्वाचन आयोगले जनाएको छ । आइतबार रातिसम्म नतिजा आउने विश्वास लिइएको छ ।

प्रकाशित : १२ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६