प्रदेश

एमाले अध्यक्षमा भीम रावलले दर्ता गरे उम्मेदवारी



चितवन ,१३ मंसिर। नेकपा एमालेको अध्यक्षका लागि भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन प्रकिया सुरु भएलगत्तै रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । रावललाई महादेव बजगाईंले प्रस्ताव गरेका छन् भने दुधकला बिष्टले समर्थन गरेकी छन् ।

सोमबार राति अबेर केपी शर्मा ओलीले सर्वसम्मतका लागि आफूलाई अध्यक्ष प्रस्ताव गर्दै पदाधिकारी र केन्द्रीय कमिटी प्रस्ताव गरे पनि रावलले अस्वीकार गरेका थिए ।

महाधिवेशन उद्घाटनअघि नै अध्यक्षमा उम्मेदवार दिने घोषणा गरेका रावलले सहमतिको प्रयास भए पनि चुनावी मैदानमै उत्रिएका हुन् । रावलको प्रतिस्पर्धा केपी ओलीसँग हुनेछ ।

रावल ओलीले प्रस्ताव गरेको पदाधिकारीमा परेका थिएनन् । उनीसँगै नेता घनश्याम भूषाल र भीम आचार्यसमेत ओलीले प्रस्ताव गरेको पदाधिकारी सूचीमा परेका छैनन् ।

भीम रावलले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएसँगै अर्का नेता घनश्याम भूषालले उपाध्यक्ष र भीम आचार्यले सचिवमा उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित : १३ मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६