अन्तर्राष्ट्रिय

न्युजिल्यान्डकी एक सांसद, जो साइकल चढेर बच्चा जन्माउन अस्पताल गइन्



काठमाण्डौ, १३ मंसिर । न्युजिल्यान्डकी एक सांसद सुत्केरी बेथा लागेपछि साइकल चढेर अस्पताल पुगेकी छन् ।

अस्पताल पुगेको एक घण्टामै उनले बच्चा जन्माएकी बीबीसीले जनाएको छ । ‘बेथा लागेको बेलामा साइकल चलाउने मेरो कुनै योजना थिएन, तर त्यही गर्नुपर्यो’– सांसद जुली एन जेन्टरले साइकल चलाउँदै गरेको तस्बिरसँगै फेसबुकमा लेख्नु भएको छ ।
ग्रीन पार्टीको यातायात मामलाकी प्रवक्ता पनि रहेकी उहाँले यस्तो काम गरेको यो पहिलो पटक भने होइन । तीन वर्षअघि आफू मन्त्री हुँदा पनि उहाँले सुत्केरी हुन अस्पताल जाँदा साइकलको प्रयोग गर्नु भएको थियो।

४१ वर्षीया उहाँले आफू र आफ्ना पतिले साइकल चलाएरै अस्पताल जाने निर्णय गर्दा आफूलाई कुनै सङ्कोच नलागेको पनि बताउनु भएको छ ।

प्रकाशित : १३ मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६