प्रदेश

राप्रपालाई कहिल्यै फुट्न नदिने सङ्कल्पका साथ अध्यक्षमा उम्मेदवारी घोषणा गर्दछुः कमल थापा



काठमाण्डौ, १३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले काठमाण्डौमा मङ्सिर १५ गतेदेखि हुने पार्टीको महाधिवेशनमा आफूले फेरि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

आज सोमवार काठमाण्डौमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले काठमाण्डौमा मङ्सिर १५ गतेदेखि हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उहाँले पार्टीमा रहेर नगरि नहुने काम धेरै रहेको र त्यो काम अपूरो छोडेर आफू बाहिरिन नसक्ने बताउनुभयो । उहाँले एकत्रित पार्टीको नेतृत्व गरेर राप्रपालाई एक पटक माथि उठाएपछि मात्रै नेतृत्व हस्तान्तरण गर्ने बताउनुभयो ।

अध्यक्ष थापाले भन्नुभयो, ‘यो पृष्ठभूमिमा म तपाईँहरू समक्ष आउँदा दिनमा पार्टीलाई कहिल्यै फुट्न नदिने र नफुटाउने सङ्कल्पका साथ पार्टीको अध्यक्ष पदमा आफ्नो उम्मेदवारीको घोषणा गर्दछु । केही काम अधुरा छन्, केही नगरि नहुने काम बाँकी छन्, ती काम अधुरै छोडेर पलायन हुने अनुमति मलाई छैन । साथीहरू आउँदो मङ्सिर १५ गतेदेखि हाम्रो महाधिवेशन हुँदैछ, यो महाधिवेशन एकताको महाधिवेशन हो, यो महाधिवेशन केवल नाम मात्रैको होइन, मन, वचन र कर्मले एकताको महाधिवेशन हुनुपर्दछ । म सम्पूर्ण महाधिवेशनका प्रतिनिधिलाई यो महाधिवेशनबाट फर्केर घर जाँदा पार्टीलाई कहिल्यै फुट्न नदिने सङ्कल्प गर्नुपर्दछ भन्ने मलाई लाग्छ ।’

अध्यक्ष थापाले आउँदो चुनावबाट कांग्रेस र एमालेपछि तेस्रो ठूलो शक्तिको रूपमा राप्रपा उदाउने दाबी गर्नुभयो । सबै एकत्रित भएर काम गरे आउँदो चुनावमा अप्रत्याशित सफलता हासिल गर्ने भन्दै अध्यक्ष थापाले आफूपछिको उत्तराधिकारी राजेन्द्र लिङ्देन र धवल शम्शेर नै भएकाले एक पटक एकत्रित पार्टीको नेतृत्व गरेर राप्रपालाई माथि उठाउने अवसर आफूलाई दिन आग्रह गर्नुभयो ।

प्रकाशित : १३ मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६