जीवनशैली

तुलसीपुर महोत्सव २०७८  संचालन हुँदै



तुलसीपुर१३-मंसिर । तुलसीपुर चेम्बर अफ कमर्सले (तुलसीपुर महोत्सव २०७८) लगाउने भएको छ । पुसको १ गतेदेखि १२ गतेसम्म तुलसीपुरमा तुलसीपुर (तुलसीपुर महोत्सव २०७८)  संचालन गर्ने तयारी गरेको चेम्बरले जनाएको छ । चेम्बर अफ कमर्सले तुलसीपुर सोमबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको बारेमा जानकारी दिएको छ । महोत्वसको लागि स्थानीयतहदेखि जिल्ला प्रशासन कार्यालयबाट स्विकृती लिई सकेको चेम्बरका अध्यक्ष टोप बहादुर घर्तीले जानकारी दिए ।

महोत्सव खासगरी चेम्बर अफ कमर्सको भवन निर्माण लागि आयोजना गरेको घर्तीले जानकारी दिए । त्यसका साथै भिजिट नेपाल २०२० मा सरकारले देशभरी महोत्सव लगाउने तयारी गरेको भएपनि कोभिडका कारण सफल हुन नसकेकाले अहिले केही ठुला ठुला कार्यक्रम भईरहेको हुनाले आफुहरुले पनि तुलसीपुरलाई चिनाउनको लागि महोत्वसको आयोजना गरेको घर्तीले बताए । महोत्सवले गाउँघरमा सुरु भएका स-साना घरेलु उद्योग, माछापालन, कुखुरा पालन व्यवसाय लगायत कृर्षी तथा उद्योगसंग जोडिएका कुराहरुको प्रर्वधन गर्दै बिदेशसम्म चिनाउनको लागि महोत्सवको आयोजना गर्नु पर्छ भन्ने आफुहरुलाई लागेको घर्तीले बताए ।

अर्को तर्फ कला, संस्कृतिको क्षेत्रमा रुची राख्ने ग्रामिन क्षेत्रका पहुँच भन्दा बाहिर रहेका कलाकारहरुको प्रतिभालाई प्रमोट गर्नको लागि र लोप हुन लागेका कला संस्कृति, पर्यटन क्षेत्रहरुको संरक्षण गर्नुका साथै कृर्षी क्षेत्रमा उत्पादन भएका चिजहरु प्रर्वधन गर्नको लागि सहयोग मिल्ने उनले बताए । महोत्सव सकिएको दुई हप्तामा भित्र पारदर्शि तरिकाले एक रुपैयाँ पनि दायाबाया नहुने गरी पत्रकार सम्मेलन गरेर महोत्सवबाट भएको आयव्य सार्वजनिक गर्ने चेम्बर अफ कमर्सका सचिव ऋषीराज भण्डारीले जानकारी दिए । त्यसैगरी महोत्सवबाट उठेको केही रकम बोर्डको सल्लाहा अनुसार सामाजिक काममा लगाउने उनले बताए । महोत्सव संचालनको लागि विभिन्न १५ वटा उपसमिति गठन गरिएको छ । कार्यक्रमको संचालन चेम्बर अफ कमर्सका महासचिव प्रेम प्रकाश गिरीले गरेका थिए ।

प्रकाशित : १३ मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६