प्रदेश

राष्ट्रपति भण्डारी कैलाश आश्रम कपिलवस्तु आउँदै, यस्तो छ तयारी ।



कपिलवस्तु, १४ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी मंसिर १६ गते विहिबार कपिलवस्तु आउनु हुने भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर २ नन्दनगरमा हुने २७ औँ ज्ञानमहायज्ञमा सहभागी हुन भण्डारी कपिलवस्तु आउन लाग्नु भएको हो ।

विहान ११ बजे हेलिकप्टरमार्फत् राष्ट्रपति भण्डारी आइपुग्नु हुने बताईएको छ । राष्ट्रपति भण्डारीले जिल्लाकै नमुना धार्मिक तथा पर्यटकीयस्थलको रुपमा चिनिएको कैलाश आश्रम तथा मनकामना संस्कृत विद्यापीठ तथा गुरुकुलमको अवलोकन, विश्वविशाल शिव ज्योर्तिलिङको स्थापना र नवनिर्मित कुण्डको उद्घाटन गर्नुहुने यज्ञका प्रेरक गुरु ब्रहम्निष्ठ तत्वदर्शी १००८ स्वामी लोकानन्द महाराजले बताउनुभयो ।

गुरुकुलमको सहयोगगार्थ भोलिबाट महायज्ञ सुरु हुने छ । राष्ट्रपतिबाटै विविधत् रुपमा यज्ञको उद्घाटन हुने भनिए तापनि उहाँको ब्यस्तताको कारण २ दिन ढिलो उद्घाटन हुने छ । यद्यपी यज्ञका अनुष्ठान भने भोलिबाटै सुरु हुने स्वामी लोकानन्द महाराजले जानकारी दिनुभयो । नन्दनगर बसाईको क्रममा राष्ट्रपति भण्डारीले भक्तसमक्ष छोटो भनाई राखेर विदाई हुने यज्ञ सम्पादन आयोजन मूल समितिका संयोजक बालाराम ज्ञवालीले बताउनु भयो । राष्ट्रपति आउने कार्यक्रम तय भएपछि अहिले त्यहाँ द्रुत ढंगबाट काम भइरहेको छ ।

प्रकाशित : १३ मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६