जीवनशैली

कपिलवस्तु कांग्रेसमा पालिकावाट जिल्ला सदस्य बन्नेमा पौडेलपक्षको बर्चश्व



कपिलवस्तु १४ मंसिर । नेपाली कांग्रेस कपिलवस्तुको पालिका तर्फ २६ जना जिल्ला सदस्यको लागि भएको मतदानमा पौडेल प्यानलका २२ जना र देउवा प्यानालका ४ जना निर्वाचित भएका छन । आइतबार भएको निर्वाचनबाट पौडेल पक्षका २२ जना पौडेल प्यानल र ४ जना देउवा प्यानलका उम्मेद्वार विजयी भएका हुन ।पालिका तर्फको मत गर्णना सकिए लगत्तै अव जिल्ला कार्यसमितिको गतगणना को तगारीमा जिल्ला निर्वान आयोग जुटेको छ ।
कांग्रेसको १४ औं अधिवेशनको पालिका तर्फको नतिजामा पौडेल पक्ष हावि देखिको छ । सोहि अनुसार आंकलन गर्दा जिल्ल सभापतिमापनि पौडेल पक्षको जित हुने अन्दाज लगाउन सकिन्छ । कुल १ हजार ८ सय १६ मतदाता रहेको कांग्रेस कपिलवस्तुको चुनावमा १ हजार ७ सय ६५ मत खसेको थियो । ५२ सदस्यीय कार्य समितिको लागि आइतबार मतदान भएको हो । चुनावी प्रतिस्पर्धामा पार्टीका पूर्व जिल्ला सभापति भैसक्नुभएका राजेश आचार्य र वर्तमान जिल्ला उपसभापति अब्दुल कलाम रहनु भएको छ ।
यता कपिलवस्तु क्षेत्र नं ३ मा नातिनी कांग्रेस महाधिवेशन प्रतिनिधिमा र हजुरबुबा क्षेत्रीय सभापतिमा निर्वाचित हुनु भएको छ । निर्वाचित हुनेमा १९ वर्षीया सूचना मिश्रा र उहाँका हजुरबुबा ६५ वर्षीय बह्मानन्द उपाध्याय हुनुन्छ । बह्मानन्द क्षेत्र नं ३ को क्षेत्रीय सभापतिमा पनि विजयी हुनु भएको हो । काठमाडौं तिनकुनेस्थित ट्रिनिटी इन्टरनेसनल कलेजमा ब्याचलर अफ सोसल वर्क पहिलो वर्षमा अध्ययनरत गर्दै हुनुन्छ । विवेक र क्षमता प्रयोग विकृति हटाई मुलुक परिवर्तन गर्ने लक्ष्य लिएर आफू राजनीतिमा आएको उहाँ बताउनु भयो ।

प्रकाशित : १४ मंसिर २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६