कपिलवस्तु १४ मंसिर । कृषि विकास बैंक लिमिटेड शाखा ४ नम्बर जितपुरले बाणगंगा नगरपालिकाको भवनमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको छ । वाणगंगा नगरपालिकाका नगर प्रमख मंगल थारुले रिवन काटेर एक्सटेन्सन काउन्टरको उदघाटन गर्नु भएको हो । नगर प्रमख थारुले कार्यक्रममा बोल्दै नगरपालिका र कृषि विकास बैंक सधै सहकार्य गरेर अगाडी बढ्ने बताउनु भयो । साथै उहाले देश संघियतामा ग पछि नगरपालिका जनताको सिंहदवार भएको समेत दावि गर्नु भयो ।
यस्तै कार्यक्रममा कृषि विकास बैंक लि.का उपमहाप्रबन्धक बाबु काजी थापाले नगरले बैंकलाई सधै साथ दिने र समन्वय गर्ने विश्वास व्यक्त गर्नु भयो । उशाले नेपालमा कृषिको आधुनिकिकरण र यान्त्रीकिकरण गर्न कृषि विकास बैंकको योगदान रहेको बताउनु भयो ।बाणगंगा नगरपालिकाको सम्पुर्ण खाताहरुका बैकिंक कारोवारहरु सोहि बैंकबाट सञ्चालन भईरहेको साथै कर्मचारीहरुको तलवी खाता समेत सञ्चालनमा आईरहेको अवस्थामा सरकारी राजश्व संकलन, टेण्डर प्रक्रियाको सहजिकरण लगायत अन्य बैंकिक सुविधा उपलब्ध गराउने छ ।
अब नगरपालिकालाई तिर्नुपर्ने विभिन्न शिर्षकका राजश्व रकम बैंकमा गई लाईन बसेर तिनुपर्ने समस्या पनि हल हुने विश्वास व्यक्त गरिएको छ ।वाणगंगा नगरपालिकाका नगर उपप्रमुख चक्रपाणी अर्याल, प्रशासकिय अधिकृत बासुदेव खनालले कार्यक्रममा बोल्दै एक्सटेन्सन काउन्टरबाट नगरवासीले धेरै सेवा सुविधा लिने बताउदै यसबाट लाभान्वित हुन सबैलाई आग्रह गर्नु भयो ।
कृषि विकास बैंक लुम्बिनी प्रदश कार्यालयका निर्देकक राजेश कुमार श्रीवास्तवको अध्यक्षता, कृषि विकास बैंक लिमिटेड शाखा ४ नम्बर जित्पुर शाखा प्रबन्धक पुनाराम खासुको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन कृषि विकास बैंक लिमिटेड प्रदेश कार्यालय भैरहवाका ऋण अधिकृत नवराज गौतमले गर्नु भएको थियो ।
प्रतिक्रिया