प्रदेश

अछाममा बस दुर्घटनाः दुई जनाको ज्यान गयो




अछाम, १४ मंसिर । अछाममा मंगलबार भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम मंगलसैनबाट धनगढीका लागि छुटेको ना ६ ख ८२९ नम्बरको बस कैलाशखोला नजिकै दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मंगलसेन नगरपालिका१४ का ५७ बर्षीय टंकबहादुर भण्डारी र मंगलसेन नगरपालिका–१ बस्ने २१ बर्षीय एकेन्द्र थापाको ज्यान गएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार बसमा कति यात्रु थिए भन्ने एकिन विवरण आइसकेको छैन । बस उल्टो फर्किएकाले धेरैको ज्यान गएको हुन सक्ने आशंका गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित : १४ मंसिर २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६