भैरहवा १४ मंसिर ।नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक अब चुनावमय भएको वताउनु भएको छ । उहाले मुलुकको शासन सत्ता फेरि पार्टीको पोल्टामा ल्याउने गरी आफूले काम गरिरहेको बताउनु भएको छ् । मंलबार भैरहवामा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शासनसत्ता हातमा ल्याएर मुलुकको विकास, समृद्धि र स्थायित्वको नयाँ यात्रा आरम्भ गर्नुपर्ने र त्यसको लागि आफु खटेको बताउनुभयो ।
विगतमा प्रतिगतन विरोधी आन्दोलन, सत्ता गठबन्धन र सरकार निर्माणमा आफूले योगदान गरेको सम्झँदै त्यसलाई समृद्ध गराउन पनि लागि परेको जनाउनुभएको छ । अध्यक्ष प्रचण्डले शिक्षा, स्वास्थ्य र रोजगारीका निम्ति पनि माओवादी केन्द्र बलियो बनाउन जरुरी रहेको बताउनुभयो । विभिन्न पार्टी परित्याग गरी करिब ३ सय कार्यकर्ता माओवादी प्रवेश गरेको माओवादी नेता तीरबहादुर रोकाले बताउनुभयो ।
उनीहरुलाई प्रचण्डले अविर लगाएर पार्टीका स्वागत गरेका थिए । यस्तै, आज नै माओवादी केन्द्रका रुपन्देही इञ्चार्ज स्वर्गीय रामप्रसाद बञ्जाडेको शोकसभामा बोल्दै अध्यक्ष प्रचण्डले मुलुकमा राजनीतिक स्थायित्व र बिकासमा आफूहरु केन्द्रित भएर लागेको बताउनुभएको छ । मुलुकमा राजनीतिक स्थायित्व, बिकास र समृद्धिले मात्रै स्वर्गीय बञ्जाडेसहित हजारौं सहिदहरुको सम्मान हुने बताउनुभयो।
१४ मंसिर २०७८, मंगलबार
प्रतिक्रिया