प्रदेश

प्र.अ. र लेखापाल बिरुद्ध भ्रष्टाचार मुद्धा



कपिलवस्तु १४ मंसिर ।कपिलवस्तुको यशोधरा गाउँपालिका–५ स्थित अनिरुद्र पब्लिक माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक देवेन्द्रमणि त्रिपाठी र लेखापाल र कार्यालय सहायक असर्फी यादव विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्यालयको रकम हिनामिना गरेको आरोपमा उनीहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आर्थिक वर्ष २०७४/७५ मा विज्ञान प्रयोगशालाको लागि विद्यालयमा प्राप्त रकमबाट कुनै काम नगरी फर्जी बिल बनाई हिनामिना गरेको भनी अख्तियारमा उजुरी परेको थियो ।अनुसन्धानमा उनीहरुले खर्चको आवश्यकता तथा कानूनी प्रावधानलाई नजरअन्दाज गरी विद्यालय कोषको ७ लाख ८२ हजार रुपैयाँ हिनामिना गरेको पुष्टि भएको अख्तियारले जनाएको छ । अख्तियारले सोही रकमबराबर बिगो र कैद सजाय मागदाबी गरेको छ ।

प्रकाशित : १४ मंसिर २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६