ब्रेकिंग न्युज

एमालेमा ओलीको दोश्रो इनिङ्ग : रावल र भुसाल दुबै पराजित, शाक्य र बिष्टलाई पपुलर मत



काठमाण्डौ १४ मंसिर । नेकपा एमालेमा केपि शर्मा ओलीको दोश्रो इनिङ्ग भएको छ । नवौ महाधिबेशनमा झिनो मतान्तरले माधव नेपाललाई पराजित गरेका ओली दोश्रो अर्थात १० औं महाधिबेशनवाट अत्याधिक वहुमतका साथ भीम रावललाई पराजित गरेर पार्टीमा दोश्रो इनिङ्ग गर्नु भएको हो ।चितवनको सौराहामा भएको मतगणनाको परिणामअनुसार अध्यक्षमा ओलीले एक हजार आठ सय ४० मत प्राप्त गर्नुभएको छ। रावलले दुई सय २३ मत ल्याउनुभएको हो । अध्यक्षमा ओलीलाई सर्वसम्मत गराउने निकै प्रयास भए पनि भीम रावलले उम्मेदवारी फिर्ता नलिएपछि चुनाव भएको थियो । चुनावमा ओलीले रावललाई ठूलो मतान्तरले हराउनुभएको हो ।यही मङ्सिर १० गतेदेखि चितवनको सौराहामा सुरु महाधिवेशनमा दुई हजार एक सय ५३ प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको थियो ।
ओली दोस्रो पटक एमाले अध्यक्षमा निर्वाचित हुनुभएको हो । यसअघि नवौँ महाधिवेशनमा पनि ओलीले माधवकुमार नेपाललाई हराएर अध्यक्ष जित्नुभएको थियो । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेललगायत पदाधिकारी भने निर्विरोध निर्वाचित हुनुभएको छ । तीन उपमहासचिवमा प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।
यता नेकपा एमालेको उपाध्यक्ष पदमा घनश्याम भुसाल पराजित हुनुभएको छ । उपाध्यक्षमा अध्यक्ष ओलीले प्रस्ताव गरेका अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, विष्णु पौडेल, रामबहादुर थापा, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे विजयी भएका छन् । उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यको सर्वाधिक एक हजार नौ सय ७६ मत आएको छ भने पराजित हुनुभएका घनश्याम भुसालको सात सय २५ मत आएको छ ।
सचिवमा पनि ओलीले प्रस्ताव गरेकै टीमका सबै निर्वाचित भएका छन् । उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिवमा गोकर्ण बिष्टले सबै भन्दा धेरै मत ल्याएर पपुलर लिडर बन्न सफल हुनु भएको छ । सचिवमा उम्मेरदवारी दिएका भीम आचार्य र टंक कार्की पराजित हुनु भएको छ ।

प्रकाशित : १४ मंसिर २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६