प्रदेश

रुकुम पूर्वको मालपोत कार्यालयमा इन्टरनेट नचल्दा सेवाग्राही समस्यामा



रुकुम, १५ मंसिर । रुकुम पूर्वको मालपोत कार्यालयमा इन्टरनेट नचल्दा सेवाग्राहीले समस्या भोग्नु परेको छ । टाढा टाढाबाट सेवा लिन पुगेका सेवाग्राही होटलमा बस्न बाध्य भएका छन् ।

एक दिनको काम हप्ता दिनसम्म नहुँदा खर्च बढेको उनीहरुको गुनासो छ । यहाँ आएको ६ दिन भयो तर काम अझै भएको छैन’ सिस्ने गाउँपालिका वडा नम्बर ५ बाट आउनुभएका टिकाराम कार्कीले भन्नुभयो, ‘दिनभर कतै काम भइहाल्छ कि भनेर कार्यालयमा कुर्नेहरु धेरै छन् ।’

जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर १ र २, पुथाउत्तरगंगा गाउँपालिकाबाट समेत २, ३ दिनसम्म हिँडेर मालपोत कार्यालय पुगेका सेवाग्राही थप मारमा परेका छन् । सरकारी सेवाको लागि कार्यालयमा आएर हप्तौँ कुर्दा पनि काम नभएको भन्दै सेवाग्राहीले आफूहरु अप्ठ्यारोमा परेको बताएका छन् ।

बैंक ग्यारेन्टी, धितो, जग्गा पास लगाएतका कामहरु लिएर मालपोत पुगेका सेवाग्राहीहरुसधैँ रित्तो हात फर्कनु परेको छ । मालपोत कार्यालयका प्रमुख मोहनलाल केसीले सेवाग्राहीको समस्यालाई बुझ्दाबुझ्दै पनि इन्टरनेटको समस्याले काम गर्न नसकिएको बताउनुभयो ।

प्रकाशित : १५ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६