प्रदेश

सीपीजी राप्रपामा आउनुहुन्छ भने स्वागत गर्छौँः चन्द



काठमाण्डौ, १५ मंसिर । पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का संस्थापक नेता लोकेन्द्रबहादुर चन्दले मालेका महासचिव सीपी मैनाली राप्रपामा आए स्वागत गरिने बताउनुभएको छ । नेता चन्दले काठमाण्डौमा पार्टीको एकता महाधिवेशन उद्घाटनका क्रममा आज बुधवार यस्तो बताउनुभएको हो ।

‘यहाँ सीपीजी राप्रपाको अध्यक्ष हुन चाहनुहुन्छ कि भन्ने कुरा पनि आयो, उहाँ आउनुभयो भने हामी स्वागत गर्छौँ’, चन्दले हाँस्दै भन्नुभयो ।

यसअघि यही कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मैनालीलाई राप्रपाको अध्यक्ष बन्न आउनुभएको हो कि भन्दै कटाक्ष गर्नुभएको थियो । त्यस्तो जवाफमा नेता चन्दले मैनाली आफ्नो पार्टीमा आए स्वागत गरिने बताउनुभएको हो ।

आजदेखि सुरु भएको राप्रपाको एकता महाधिवेशन पर्सि शुक्रवारसम्म चल्नेछ ।

प्रकाशित : १५ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६