प्रदेश

परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काम राप्रपाले नगरोस्ः माधव नेपाल



काठमाण्डौ, १५ मंसिर । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा लाई परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काम नगर्न आग्रह गर्नुभएको छ ।

अध्यक्ष नेपालले राप्रपाले उठाएको राष्ट्रियताको झण्डालाई उठाइ राख्न र नेपाली नागरिकको भावनाअनुसार परिवर्तनको संवाहक शक्तिको रूपमा अघि बढ्न पनि सुझाव दिनुभयो । आज बुधवारदेखि काठमाण्डौमा सुरु भएको राप्रपाको एकता महाधिवेशनमा बोल्दै उहाँले नेपालमा जातीय सद्भाव र राष्ट्रिय एकताको भावना रहेको औल्याउँदै त्यहीअनुसार अघि बढेर देशलाई प्रतिगमनतर्फ जान नदिन सबै राजनीतिक दल एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले इतिहास पछाडि नजाने भन्दै अग्रगमनको बाटोबाट अघि बढ्न पनि राप्रपाको नेतृत्वलाई सचेत गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘राप्रपाले उठाएको राष्ट्रियताको झण्डालाई अवश्य पनि उठाइ राख्नोस् । तर नेपाली नागरिकको भावनालाई ठिक ढङ्गले आत्मसात् गरेर परिवर्तनको संवाहक पनि भएर अघि बढनोस् । परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काममा हामी नलागौँ । अगाडी बढिसक्यो इतिहास । इतिहास पछाडि जाँदैन अब । हामीले आफ्नो विशेषतालाई बिर्सियौँ भने र अरूको नक्कल गर्न थाल्यौँ भने त्यसले पनि बिग्रिन्छ । राष्ट्रिय एकताको जुन भावना छ, जातीय सद्भावको भावना छ, त्यसलाई दह्रो बनाउने काम गरौँ । कहीँ अनुचित कुरा छन् भने त्यसलाई हटाऔँ । र सबैको न्यायोचित प्रतिनिधित्व सुनिश्चित गर्दै अग्रगमनको बाटोमा अघि बढौँ । प्रतिगमनतर्फ कोही नलागौँ ।’

अध्यक्ष नेपालले वैदेशिक हस्तक्षेपबाट देशलाई जोगाउन नेपालका राजनीतिक दलहरू पनि सचेत भएर अघि बढनुपर्ने बताउनुभयो । साभार

प्रकाशित : १५ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६