काठमाडौं, १५ मंसिर । अभिनेतृ रेखा थापाले राप्रपाको महामन्त्रीमा उम्मेदवारी दिने भएकी छन्। राप्रपाको एकता महाधिवेशनमा उनले महामन्त्रीमा लड्ने तयारी गरिरहेको बताइएका हुन्।उनी निकटस्थहरुका अनुसार रेखा राजेन्द्र लिङ्देनको प्यानलबाट उम्मेदवारी दिने तयारीमा रहेको जनाएका छन्।
रेखा यसअघि अध्यक्ष पशुपति शमशेर राणा निकट थिइन्। यसपटक राणा अध्यक्षमा नउठ्ने भएका छन्। हाल तीन अध्यक्ष रहेको राप्रपामा महाधिवेशनले एकल अध्यक्ष स्थापित गर्ने भएकाले यसलाई महत्वका साथ हेरिएको छ। हालका एक अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनले भावी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरिसकेका छन्।
रेखा महिला महामन्त्रीमा उठ्न लागेकी हुन्। लिङ्देनको प्यानलबाट एक महामन्त्रीमा धवलशमशेर राणाको उम्मेदवारी घोषणा भइसकेको छ।कमल थापा पक्षबाट भने महानमन्त्रीमा कुन्ती शाही र भुवन पाठकले उम्मेदवारी घोषणा गरेका छन्।
प्रतिक्रिया