अर्थ-वाणिज्य

सुरक्षित डिजिटल कारोवारको सेवाग्राहीलाई सचेतना दिन ग्लोवल ब्यस्त



कपिलवस्तु, १५ मंसिर । कपिलवस्तुमा ग्लोबल आईएमई बैंक लिमिटेडले वित्तीय साक्षरता तथा डिजिटल बैकिङ्ग सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । बैंकले जिल्लाको बाणगंगा नगरपालिका वडा नं ७ बनगाईमा सो कार्यक्रम सम्पन्न गरेको हो ।आधुनिक डिजिटल प्रविधिको युगमा कसरी सुरक्षित र भरपर्दो तरिकाले प्रयोग गर्ने भन्ने विषयमा चेतनामुलक कार्यक्रम भएको शखा प्रबन्धक मनोज शर्माले बताए । हेड अफिस बजार व्यवस्थापन प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटाले बैंकले डिजिटल माध्यमवाट प्रदान गर्दै आएका सेवा, सुविधालाई प्रयोग गर्ने बारे प्रशिक्षित गर्नुभएको छ ।

प्रमुख शिवाकोटाले क्युआर सेवा, इन्टरनेट बैंकिङ, मोबाईल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड सम्बन्धी जानकारी गराउनुभयो । यस्तै उहाँले अहिलेको समयमा मोबाइलमा लोभलालच देखाएर ठगी गर्नेहरुले खाता नं र ओटिपी कोड माग्ने घटनाहरु भइरहेकाले यस्ता खालका घटना घट्न नदिन ओपिडी कोड, पासवर्ड, पिनकोड कसैलाई नदिन अनुरोध गर्नुभयो ।साथै प्रिपेड र पोसपेड सिम चलाउने ग्राहकहरुले मोबाइल बैंकिङको ग्लोबल स्मार्ट एप चलाउदा निशुल्क इन्टरनेट सुविधा पाउने सेवा सुविधा पनि रहेको प्रशिक्षणको क्रममा बताईएको छ । कार्यक्रममा लुम्बिनी प्रदेश उपप्रमुख जोगलाल भूसाल, कार्यक्रममा हेड अफिस बजार व्यवस्थापन प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटा लगायतको सहभागिता रहेको शखा प्रबन्धक शर्माले जानकारी दिए ।

प्रकाशित : १५ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६