ब्रेकिंग न्युज

कांग्रेस एक्लै चुनावमा एमालेसंग भिड्न चाहान्न त्यसैले गठबन्धन जारी रहन्छ: गृहमन्त्री खाँण



बुटवल १६ मंसिर । गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले काँग्रेस कमजोर सावित भए फेरी पनि केपि ओलीकै हैकम देशमा चल्ने भन्दै गठबन्धन कायमै राखेर चुनावमा जाने दिशामा सबै कार्यकर्तालाई तयार हुन आग्रह गरेका छन् । उनले कांग्रेस अभावमा लोकतन्त्र र नागरिक अधिकार कमजोर हुने भएकाले अपसी सहमती र एकताबाट पार्टीलाइ मजबुद बनाउनु पर्ने बताएका छन्।
नेपाली काँग्रेस रुपन्देहीले भैरहवामा आयोजना गरेको नवनिर्वाचित जिल्ला, क्षेत्र, नगरको नेतृत्व तथा महासमिति, महाधिवेशन र प्रदेश प्रतिनिधि बिच सुभकामना आदानप्रदान कार्यक्रमलाइ सम्बोधन गर्दै गृहमन्त्री खाँणले सो कुरा बताएका हुन्।
संविधानको कार्यान्वयन, नागरिक अधिकार र लोकतान्त्रीक गणतन्त्रको रक्षा नेपाली काँग्रेसले मात्रै गर्न सक्ने उनले बताए। आपसी एकतालाइ टुटन नदिइ राष्ट्र र जनताको समृद्धिमा पार्टीलाइ गतिशिल बनाउनु नै बर्तमान नेतृत्वको महत्पूर्ण उपलब्धी भएको उनले बताए।
गृहमन्त्री खाँणले देश भित्र र बाहिरका अलोकतान्त्रिक शक्तिहरुले पटक पटक प्रहार गरीरहँदा पनि पार्टीलाइ एकताबद्ध कायम राख्नु नै काँग्रेस नेतृत्वको ठुलो उपलब्धी भएको दावी गरे।
१४ औं महाधिवेशन अन्तर्गत रुपन्देहीमा सर्वसम्मत नेतृत्व चयन गरेर देशैभरी सकारात्मक सन्देश र उर्जा प्रवाह गरेको बताए। कार्यकर्ता मिल्दा पार्टी बलियो हुने भन्दै उहाँले नेताहरुले त्यसमा सकारात्मक भुमिका खेल्नु पर्ने बताए।नेता खाँणले लुम्बिनी प्रदेशमा पनि सर्बसम्मत नेतृत्व चयनकालागि आफुले पहल गरीरहेको र त्यसमा सफल हुने बताए।
सार्वजनिक लेखा समिति सभापती तथा काँग्रेस नेता भरत शाहले शिक्षा र स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार भएकाले त्यसलाइ निशूल्क गर्ने तर्फ काँग्रेसले ठोस कदम चाल्नु पर्ने बताए।नवनिर्वाचित जिल्ला सभापति रामकृष्ण खाँणले जिल्लामा सर्वसम्मत नेतृत्व चयनमा भुमिका खेल्ने नेताहरुलाइ धन्यवाद दिदै आफु कुनै प्यानलको नभइ साझा सभापतिको रुपमा काम गरेर देखाउने प्रतिवद्धता जनाए। कार्यक्रममा संविधान सभा सदस्य राजु खनाल, राष्ट्रिय सभा सदस्य दीर्घनारायण पाण्डे, निवर्तमान जिल्ला सभापती अब्दुल रज्जाक, लगायतले शुभकामना दिएका थिए ।

प्रकाशित : १६ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६